बुधबार, भाद्र ३ गते २०८३

कोरोनाकाे उकालाे : गण्डकीमा उच्च जाेखिम

श्रावण ८, २०७८ शुक्रबार
कोरोनाकाे उकालाे : गण्डकीमा उच्च जाेखिम

corona.jfif
 सीताराम थापा \


नेपालमा बिहिबार पिसिअार र एन्टिजन गरी  १२ हजार ८२९ मा कोरोना परीक्षण गर्दा २७१४ लाई संक्रमण भए भने निकाे हुनेकाे संङ्ख्या १२८८ जना रहेकाे छ।  अाज कम संङ्ख्या रहेकाे मृत्यु २४ जना हाे। सरकारले पछिल्लाे चरणमा थाेरै संख्यामा परिक्षण गर्दा पनि दैनिक कोरोना उकालाे लागेकाे र करीब याे बढेर  हप्ताकाृे २५% काेरना संक्रमण बढेकाे छ। करिब १२ जिल्लामा ५०० बढि संक्रमित भईसकेकाे छन। फेरि राजधानि, पाेखरा, चितवन,लगायत ठाउहरु र केही जिल्ला उच्च जाृखिम सुरु भयकाे छन। काेरना खाेप लगाउने भिडभाडकै कारण काेरना बड्ने र बेलैमासरकार साबधान नभय अस्पताल बेड पाउन कठिन दिन अाउने जास्वास्थ्य बिदहरुले बताएका छन। जनस्वास्थ्य प्रतिष्ठानले १८ सुझाब सहित ध्यानकर्षण गराएकाे  डा. महेस मास्केले बताए। तर नया  सरकार पनी अझै बेलैमा संबेदनशील नभएकाे सराेकारवालाहरु बताउछन्।

गण्डकी प्रदेशमा थप ४७१ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । किहिवार २४ घण्टामा १ हजार ३२ जनाको नमुना परीक्षण गरिएकामा ४७१ जनामा संक्रमण भएकाे हो । संक्रमितमध्ये २३५ महिला र २३६ जना पुरुष रहेका छन्।

गण्डकी प्रदेशका ९ जिल्लामा गरिएको नमूना परीक्षणमा सबैभन्दा धेरै कास्की र बागलुङ र सबै भन्दा थोरै लमजुङमा संक्रमित भेटिएको प्रदेश स्वास्थ्य आपतकालीन कार्य सञ्चालन केन्द्रका संयोजक नवराज शर्माले बताए।  जस अनुसार  कास्की २७४, बागलुङ ३१, स्याङ्जा २१, म्यादी ७, पर्वत ५, गोरखा २२, लमजुङ ३, तनहुँमा ३४ र नवलपुरमा ५७ जनामा संक्रमण देखिएको हो।  यसरी गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ६३ हजार १९५ पुगिसकेकाे छ।

प्रदेशका विभिन्न अस्पतालमा उपचाररत ३ जनाको मृत्यु भएको छ । कोरोना संक्रमणका कारण उपचारका क्रममा मृत्यु हुनेमा पोखरा–२ का ५२ वर्षीय पुरुष, बागलुङ काठेखोला –८ का ३८ वर्षीय पुरुष र तनहुँ म्यादे -५ की ४० वर्षीय कोरोना संक्रमित महिलाको उपचारका क्रममा अस्पतालमा मृत्यु भएको छ ।  गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ४४ जना पुगेको उल्लेख छ।

बिहिबार २४ घण्टामा ६५५ जना कोरोना संक्रमण मुक्त भएका छन । योसँगै गण्डकीमा हालसम्म संक्रमण मुक्त हुनेको संख्या ५९ हजार २२९ पुगेको छ । त्यसैगरी गण्डकीमा सक्रिय संक्रमितको संख्या २ हजार ९२२ जना पुगेको निर्देशनालयले जानकारी दिएको छ ।

गण्डकीमा अझै अाफ्ना जिल्ला बाहेक सनर्वजनिक साधन खुलेका छैनन। तर पनि कोरोनाकाे नियन्त्रण र मृत्यु केही जिल्लामा बड्ने कार्यमा सरकार र सराेकारवालाले बेलैमा ध्यान दिन ढिलाई गर्न नहुने नागरपकहरुकाे गुनासाे रहेकाे छ । साथमा राजधानीकाे भिडभाड र खाेपकाे भिडभाडले बढेकाे काेरना गण्डकिका पनि भित्रने त्रास यहाकाे जिल्लाबासीहरु चिन्तित रहेकाे छन्।