बुधबार, भाद्र ३ गते २०८३

लक्ष्मी बैंकको १३१औं शाखा धनुषाको क्षिरेश्वरनाथमा 

आषाढ २८, २०७८ सोमबार
लक्ष्मी बैंकको १३१औं शाखा धनुषाको क्षिरेश्वरनाथमा 

 

लक्ष्मी बैंकले धनुषा जिल्लाको क्षिरेश्वरनाथमा शाखा सञ्चालनमा ल्याएको छ । बैंकको यो १३१औं शाखा हो । नयाँ शाखामार्फत् बैंकले ग्राहकहरुको वित्तीय आवश्यकता पुरा गर्न आवश्यक सम्पूर्ण रिटेल बैकिंग सेवाका साथै साना तथा लघु व्यवसायीहरु माझ वित्तीय पहुँच पु¥याउने लक्ष्य राखेको छ ।

नयाँ शाखाको साथ लक्ष्मी बैंकको संजाल ४८ जिल्लामा १३१ शाखा, ६ एक्सटेन्सन काउन्टर र ५ हस्पिटल सेवा काउन्टर, १६० एटिएम, २५०० भन्दा बढि रेमिटेन्स् एजेन्ट तथा ६१ शाखा रहित बैंकिङ्ग एजेन्टहरु पुगेको छ ।

बैंकले सुविधाजनक बचत खाता योजना, मुद्दती निक्षेप योजना, घर तथा सवारी कर्जा, सानाव्यवसायी कर्जा, लघुवित्त, लगायतका वित्तीय सेवा ग्राहकमाझ ल्याएको छ । बैंकले नयाँ तथा वित्तीय पहुँच नपुगेका क्षेत्रहरुमा आक्रामक रुपमा सेवा विस्तार गर्दै आएको छ ।