बुधबार, भाद्र ३ गते २०८३

रणनैतिक संयुक्त मोर्चा चित्तवनले किसानका माग लिएर ध्यानाकर्षण गरायो

आषाढ २३, २०७८ बुधबार
रणनैतिक संयुक्त मोर्चा चित्तवनले किसानका माग लिएर ध्यानाकर्षण गरायो

चित्तवन /  यस जिल्लामा चार कम्युनिष्ट घटककाे रणनैतिक संतयुक्त मोर्चाले आज जिल्ला प्रशासन र कृषि ज्ञान केन्द्रलाई एक ध्यानाकर्षण पत्र बुझाउदै किसानका तात्कालीन जल्दा बल्दा समस्या खाशगरी मल, बिउ, सिंचाई, औषधीसँग सम्वन्धित समस्या समाधानका निम्ति जोडदार माग गरेको छ । यी मागहरु पूरा गर्न सम्बन्धित निकायले समयमै गम्भीर ध्यान नदिएमा किसान बर्गलाई समेत लिएर संघर्षमा उत्रिन बाध्य हुने  रणनीतिक संयुक्त मोर्चाले जनाएको छ ।

 नेपालका चार कम्युनिस्ट पार्टीको याे संयुक्त रणनैतिक मोर्चाले चितवनका सुकुम्बासीहरुलाई तुरुन्त जग्गा धनी पुर्जा दिनु पर्ने, भ्रष्टाचारको अन्त्य गर्नुका साथै अवैध रुपमा हुने जग्गा खण्डिकरण तत्काल रोक्नु अन्यथा आफुहरुले जनकारबाही गर्न बाध्य हुने, भारतद्वारा मिचियका नेपाली भुमी कालापानी, लिपुलेख, लिम्पियाधुरा फिर्ता गर्नु पर्ने, १९५० देखिका सम्पुर्ण असमान सन्धी सम्झौता खारेज गर्नु पर्ने, रोपाइँको सिजनमा भएको मलको कालोबजारी अन्त्य गर्दै किसान लाई मलको सहज आपूर्ति गर्नु पर्ने लगाएतका माग राख्दै प्रमुख जिल्ला अधिकारी समक्ष आज एक ध्यानाकर्षण पत्र बुझाएको छ।

SUf.jpg
त्यस ध्यानाकर्षण पत्रमा दलाल संसदीय व्यवस्थाले आजको राजनैतिक संकट हल गर्न नसक्नुका साथै संसदको पुनर्स्थापना र निर्वाचन आजको निकास नभएको भन्दै जनगणतन्त्र तथा वैज्ञानिक समाजवादी व्यवस्था नै उत्तम विकल्प रहेको पनि उल्लेख गरिएकाे छ।

मोर्चाले महिला र दलित माथी भएको अमानवीय र हिंसात्मक घटनाका अन्त्य गर्नु पर्न दोषीलाई कारवाही गर्नु पर्ने, कोरोना महामारीको समयमा स्वास्थ्य क्षेत्रमा भएको माफियाकरणको अन्त्य गर्दै जनताले पाउने नि:शुल्क स्वास्थ सुविधा उपलब्ध गराउनु पर्ने, अनलाइन कक्षाका नाममा भएको शुल्क असुली तुरुन्त बन्द गराउनु पर्ने , वन नापी मालपोत लगाएतका सरकारी कार्यालयमा भएका कमिसन र भ्रष्टाचारको खेलको तत्काल अन्त्य गर्नु पर्ने समेत बताएको छ।

सर्ब बिदितै छ कि गएकाे बर्ष माघ २९ गते ४ कम्युनिष्ट पार्टी सम्मिलित संयुक्त रणनीतिक मोर्चा बनेकाे हाे । त्यसमा नेपाल कम्युनिष्ट पार्टी, नेकपा(क्रान्तिकारी माओवादी), नेपाल कम्युनिस्ट पार्टी र वैज्ञानिक समाजवादी पार्टी रहेका छन्।

 

gyankirish.jpgdhyanakarshan2.jpg

त्यस ध्यानाकर्षण पत्रमा नेपाल कम्युनिष्ट पार्टी(क्रान्तिकारी माओवादी)को तर्फबाट इञ्चार्ज बिकास सापकोटा, नेपाल कम्युनिष्ट पार्टी(बिप्लब) समूहका तर्फबाट मिनप्रसाद, बैज्ञानिक समाजबादी कम्युनिष्ट पार्टीको तर्फबाट गोबिन्द बिश्वकर्मा र नेपाल कम्युनिष्ट पार्टीका तर्फबाट बद्रीनाथ अधिकारीले संयक्तरुपमा हस्ताक्षर गरेका छन् ।