बुधबार, भाद्र ३ गते २०८३

रहेनन् स्थापित भारतीय सिने–कलाकर्मी दिलिप कुमार

आषाढ २३, २०७८ बुधबार
रहेनन् स्थापित भारतीय सिने–कलाकर्मी दिलिप कुमार


काठमाडौँ । एजेन्सी, भारतीय चर्चित र स्थापित अभिनेता दिलीपकुमारको निधन भएको छ । आज बुधबार बिहान ९८ वर्षको उमेरमा मुम्बइको खार हिन्दुजा अस्पतालमा उनको निधन भएको समाचारमा बताइएको छ । उनी लामो समयदेखि बिमारी थिए । पछिल्लो समय उनलाई श्वास फेर्न निकै गाह्रो हुने गरेको बताइएको थियो । कलाकार दिलिप कुमारलाई विभिन्न अस्पतालमा राखेर उपचार गरिदै आएको थियो । य प्रसिद्ध कलाकारलाई भारतमा ‘ट्रेजेडी किंग’को नामले समेत चिनिन्थ्यो । दिलीपकुमारले २२ वर्षको उमेरमा ज्वार भाटा नामक पहिलो फिल्म खेलेका थिए । त्यस यता उनले ६० भन्दा बढी हिन्दी चलचित्रमा खेलिसकेका छन् ।

अहिलेसम्म दिलीपकुमारले मेला, नदिया के पार, बाबुल, फुटपाथ, देवदास, नया दौर, मुगल–ए–आजम, गंगा–जमुना, राम और श्याम, कर्मा जस्ता चर्चित फिल्ममा अभिनय गरेको समचार श्रोतहरुले बताएका छन्  । भारतीय बामपन्थी आन्दोलनप्रति झुकाब र सहानुभूति राख्ने बलराज सहनी, दिलिप कुमार जस्ता कलाकारहरुको सिने–कलालाई एक समय अद्भूत र यथार्थ धरातलको मानिन्थ्यो ।