शनिबार, आश्विन १७ गते २०८३

मन त चाहन्छु म पनि सत्य बोलूँ तर के गरूँ आँट नै आउँदैन ! : बशिर भद्र

बैशाख ७, २०७९ बुधबार
मन त चाहन्छु म पनि सत्य बोलूँ तर के गरूँ आँट नै आउँदैन ! : बशिर भद्र
supreme court.jpg
चन्द्रमणि गाैतम
बशिर बद्र (१९३५- ) ऊर्दूका भारतीय कवि हुन् । अलिगढ मस्लिम विश्वविद्यालयबाट शिक्षित यिनी त्यहाँको विद्यार्थी हुँदै उनका कविता विश्वविद्यालयका कतिपय पाठ्यक्रममा समावेश गरेको थियो । अलिगढ, मेरठ, दिल्ली हुँदै हाल भूपालमा स्थायी बसोबास गर्ने यी कविका चोटिला कविता वा शायर भारतीय संसदमा सबभन्दा धेरै गुन्जिने गर्छ । जस्तो माथिको मुक्तक प्रधानमन्त्री मोदीले त्यहाँको संसदमा फेबु्रअरी ९, १९१८ मा अघिल्लो दिन काँग्रेसका सांसद मल्लिकार्जुन खड्गेले बशिरको त्यस्तै एउटा मुक्तक उद्धृत गर्दा त्यसको जवाफमा प्रयोग गरेका थिए :
जी करता है
मैं भी सच बोलूँ
मगर क्या करुँ
हिम्मत नहीं होती ।
भारतीयहरुका विचार सन्दर्भमा आफ्ना तर्क बलियो बनाउन यिनका कविता वा मुक्तक ब्यापक मात्रामा उद्धृत गरिन्छ ।
कवि बशिरलाई आजकाल डिमेन्सिया रोगले सताएको हुनाले उनले मशायरा (कवि सम्मेलन) मा बिताएका दिनहरु पनि नसम्झिने भइसकेका छन् ।
 
 
बद्रलाई १९९९ मा भारतको उच्च सम्मान, पद्मश्री र साहित्य एकेडेमी पुरस्कारद्वारा सम्मानित गरिएको थियो।
"उजाले अपनी यादों के हमारे साथ रहने दो
ना जाने किस गली में जिन्दगी की शाम हो जाए ।"
साभार - चन्द्रमणि गाैतमजीकाे मुहारपुस्तिका