भक्तपुर, सूर्यविनायकमा रहेकाे सामूहिक बचत तथा ऋण सहकारी संस्थाले आ.व. २०७८।०७९ का लागि वार्षिक नीति तथा कार्यक्रम र अनुमानित बजेट तर्जुमा गोष्ठी सम्पन्न गरेको छ । अन्तर्राष्ट्रिय सहकारी दिवसको अवसरमा संस्थाका अध्यक्ष धनेशराज राजोपाध्यायको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा संस्थाको पञ्चवर्षीय रणनीतिक व्यवसायिक योजनाको आधारमा आगामी आ.व. २०७८।०७९ मा रु. १९ करोडले वृद्धि गरी कुल कारोबार रु. ८५ करोड पु¥याउने लक्ष्य तय गरेको छ ।
लेखा सुपरिवेक्षण समिति संयोजक नित्यनाथ श्रेष्ठ र पूर्व अध्यक्ष राजेश वहादुर श्रेष्ठ लगायत गोष्ठीमा उपस्थित सबै जनाले बजेट सफलतापूर्वक कार्यान्वयन गर्नको लागि सल्लाह सुझाव दिएका थिए । अन्तमा समीक्षात्मक रुपमा आफ्नो राय सहित अध्यक्षबाट वार्षिक नीति तथा कार्यक्रम र अनुमानित बजेट पञ्चवर्षिय रणनीतिक व्यवसायिक योजनाको आधार तयारमा गर्नुपर्ने कुरामा जोड दिदैं बजेट कार्यान्वयनमा सम्बन्धित सबैपक्षबाट सहयोग लागि अनुरोध गरेका थिए ।
कार्यक्रमका सहभागिलाई उपाध्यक्ष राजाभाई भेलेले स्वागत गरेका थिए भने कोषाध्यक्ष अशोकरत्न शाक्य र व्यवस्थापक कविन्द्र धौवन्जारले वार्षिक नीति तथा कार्यक्रम तथा अनुमानित बजेट प्रस्तुत पेश गरेका थिए ।
संस्थाका सचिव कृष्णहरि सैंजुले सञ्चालन गरेको उक्त कार्यक्रममा संस्थाका संचालक समिति, लेखा सुपरिवेक्षण समिति, पूर्व अध्यक्ष र उच्च व्यवस्थापनका कर्मचारीहरु समेत गरी २१ जनाको सहभागिता रहेको थियो ।