बुधबार, भाद्र ३ गते २०८३

बधाई महान चीनीयाँ जनतालाई चिनीयाँ कम्युनिष्ट पार्टीको शतबार्षिकीमा !

आषाढ १८, २०७८ शुक्रबार
बधाई महान चीनीयाँ जनतालाई चिनीयाँ कम्युनिष्ट पार्टीको शतबार्षिकीमा !


यतिबेला चीनमा चिनीयाँ कम्युनिष्ट पार्टीको शत बार्षिकी मनाइदैछ । १९२१ मा स्थापना गरिएको चिनीयाँ कम्युनिष्ट पार्टीले चीनका क्रान्तिकारी कम्युनिष्ट नेता कमरेड माओको नेतृत्वमा एउटा पिछडिएको र बिभिन्न बिदेशी अतिक्रमणकारी साम्राज्यादी  शक्तिहरुले तर्बुजा चिरेजस्तै गरेर  शोषण उत्पीडन गर्दै थिलोथिलो र जर्जर पारिएको चीनलाई ऐतिहासिक नयाँ जनबादी क्रान्तिद्वारा मुक्त गरेर चीनलाई बैज्ञानिक समाजबादको पृष्ठूभूमि तयार पार्ने मूलबाटोतर्फ अग्रसर गराएका थिए ।


अहिले त्यो चिनीयाँ कम्युनिष्ट पार्टी स्थापना भएको १०० बर्ष पुगेको छ । यस ऐतिहासिक क्रान्तिकारी पार्टी स्थापना भएर चीन र चिनीयाँ जनतलाई बर्गीय शोषण र सामाजिक उत्पीडनबाट मुक्त पारेपछि अज चीन चिनीयाँ जनताको श्रमप्रतिको अदम्य क्रान्तिकारी उत्साह, त्याग र बलिदानका अनकौं श्रृंखला पछि बिश्वकै सबैभन्दा समुन्नत र शक्तिशाली राष्ट्रको रुपमा उदीयमान हुन पुगेको छ ।चौतर्फीरुपमा चीनले बिकासका अपूर्ब आयाम र नयाँ नयाँ प्रतिमानहरु कायम गर्दै गइरहेको छ ।


एक अर्ब चालिसकरोडभन्दा बढी जनसंख्या भएको आजको चीन गरीबीको दुष्चक्रबाट मुक्त प्रायः भइसकेको छ । यद्यपि चिनीयाँ समाजमा पनि अझै असमानता र भ्रष्टाचार जस्ता बिकृति र बिसंगतिहरु रहेका छन् । यी कुराहरुका बिरुद्ध त्यहाँको नेतृत्व चिन्तित र क्रियाशील पनि रहेको छ । त्यसले गर्दा चिनीया समाजले पुनः प्रतिगामी धक्का त खाने होइन भन्ने चिन्ता चीन र बिश्वभरी नै रहेको देखिन्छ ।

chaina100.jpeg
यस कुरालाई चिर्दै चीन अगाडि बढ्न सक्ने स्थिति बिकसित हुनेछ भन्ने बिश्वास पनि बिश्वभरीका जनगणले गरिरहेका छन् । किनभने चीन राष्ट्रिय पूँजीवादको बिकास गरेर अब समाजबादको बाटोमा तीब्रतर गतिमा सन्तुलित किसिमले अघि बढ्न सक्ने आधार तयार भएको छ । मानिसका गास, बास, कपास, शिक्षा, स्वास्थ्य र रोजगारीका आधारभूत समस्याहरु त्यहाँ हल भइसकेका  र हुने स्थितिमा पुगिसकेको देखिएको छ । त्यसैले अब चीन समाजबाद, शान्ति र शतत चौतर्फी सम्बृद्धिको बाटोबाट पछि फर्किने कुरा आत्मघाती हुने कुरा चिनीयाँ नेतृत्वले बुझेको हुनु पर्दछ । 


बिगतदेखि बर्तमानसम्मका अनेकौ तीता मीठा अनुभवका आधारमा पुराना र नयाँ समाजोपयोगी असल कुरालाई जोड्दै चीन निरन्तर अगाडि बढ्दै जाओस् र बिश्वमा चीनले श्रमजीबी जनताको एउटा सुसँस्कृत, सभ्य, समुन्नत मानबीय समाजको सम्मान पाओस्, चिनीयाँ जनता र तिनलाई नेतृत्व गर्ने चिनीयाँ कम्युनिष्ट पार्टीलाई शतबार्षिकीमा धेरै धेरै बधाई तथा शुभकामना !