बुधबार, भाद्र ३ गते २०८३

कागेश्वरी मनहराका दुई वडा कार्यालयलाई स्वास्थ्य सामग्री सहयोग 

आषाढ १७, २०७८ बिहीबार
कागेश्वरी मनहराका दुई वडा कार्यालयलाई स्वास्थ्य सामग्री सहयोग 

 

काठमाण्डाै,  कागेश्वरी मनहरा नगरपालिकाका ८ र ९ वडा कार्यालयलाई स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको छ । वडा नं. ८ लाई नेपाल डेभलपमेण्ट एसोसिएसन र वडा नं. ९ लाई यङ्ग लाईफ नेपालले सामग्री प्रदान गरेका हन् । 

कोभिड–१९ को दोश्रो लहरले मुलुक नै आक्रान्त बनाएको अवस्थामा ती कार्यालयमा सेवा लिन आउने सेवाग्राही र कार्यालय कर्मचारीहरुको स्वास्थ्य सुरक्षाका लागि आवश्यक पर्ने सामग्रीहरु प्रदान गरिएको हो । प्रत्येक वडा कार्यालयलाई सर्जिकल मास्क २००० थान, केएन ९५ मास्क ८० थान, सेनिटाइजर २० लिटर, फेस सिल्ड १५० थान, सर्जिकल ग्लोभ्स ४०० थान, अक्सिमिटर ३ थान, थर्मल गन २ थान र वेट मेशिन २ थान प्रदान गरिएको थियो । 

नेपाल डेभलपमेण्ट एसोसिएसनका अध्यक्ष देव छेत्रीले वडा नं. ८ का कार्यवाहक अध्यक्ष अष्ट नारायण श्रेष्ठलाई र यङ्ग लाइफद्वारा उपलब्ध सामग्री संस्थाका कानुनी सल्लाहकार केदार बहादुर खड्काले वडा नं. ९ का अध्यक्ष कुन्दन खड्कालाई  हस्तान्तरण गरेका हुन् । 

एसोसिएसनका अध्यक्ष छेत्रीले महामारीका बीचमा धेरै सेवाग्राहीको आवतजावत हुने वडा कार्यालयमा स्वास्थ्य सामग्री सहयोग गर्न पाएको र आगामी दिनमा पनि यस्ता सहयोगलाई निरन्तरता बताए । वितरित स्वास्थ्य सामग्रीले केहि मात्रामा भएपनि कोभिड १९ को नियन्त्रण पुग्ने विश्वास उनले व्यक्त गरे । वडा नं ८ का कावा अध्यक्ष श्रेष्ठले महामारीका बेलामा संघसंस्थाहरुले गरेको सहयोगको सराहना गर्दै सबै मिलेर कोरोनालाई परास्त गर्नुपर्ने उल्लेख गरे । 

अधिवक्ता एवं समाजसेवी केदार बहादुर खड्काको पहलमा उक्त स्वास्थ्यसामग्री हस्तान्तरण गरिएको हो । दुवै कार्यालयमा गरी एक लाख रुपैया बराबरको सामग्री प्रदान गरिएको र आगामी दिनमा अन्य वडा कार्यालयमा पनि यस्तो सहयोगलाई निरन्तरता दिइने उनले जनाए । 

ward 2.jpg