शुक्रबार, मंसिर ११ गते २०८३

हिमालयन बैंकले पायो दुई अर्वाड


मंसिर १०, २०८३ बिहीबार
हिमालयन बैंकले पायो दुई अर्वाड

 

हिमालयन बैंकले लिमिटेडले भिसाद्वारा आयोजित ‘भिजा लिडरसिप कन्क्लेभ’  मा दुईवटा महत्वपूर्ण अवार्ड प्राप्त गरेको छ । 

व्यवसायको सुरुवातदेखि हाल सम्मकै उच्चतम  रेकर्ड कायम गर्न सफल भएकोमा बैंकले ले विशेष रूपमा सम्मान सहित  “Excellence in Contactless Acquiring” / “Excellence in POS Acquiring Business – Principal Client” ” गरी दुई विधामा अर्वाड प्राप्त गर्न सफल भएको छ ।

भिसाद्वारा प्रदान गरिएका सो सम्मानले बैंकले डिजिटल भुक्तानी तथा कार्ड कारोबारको क्षेत्रमा हासिल गरेको उपलब्धिलाई थप प्रोत्साहन गर्नुका साथै आगामी दिनमा अझ उत्कृष्ट सेवा   प्रदान गर्न थप ऊर्जा र हौसला प्रदान गरेको बताएको छ ।

हाल बैंकले नेपाल भरी फैलिएका १५७ शाखा कार्यालय, ११ विस्तारित काउन्टर, २७९  एटिएम,  ९,००० भन्दा बढी  पिओएस टर्मिनल र ८,५०० भन्दा बढी विप्रेषण भुक्तानी केन्द्रहरुबाट आफ्ना ग्राहकहरुलाई परिष्कृत बंैकिङ्क सेवा प्रदान गर्दै आएको छ ।