शनिबार, आश्विन १७ गते २०८३

विपदमा ऐक्यवद्धता: किसान कोपद्वारा उद्धार कोषमा ७ लाख ५१ हजार सहयोग


भाद्र १४, २०८३ आइतबार
विपदमा ऐक्यवद्धता: किसान कोपद्वारा उद्धार कोषमा ७ लाख ५१ हजार सहयोग

 

धनगढी । कैलालीस्थित किसान बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले रसुवामा आएको बाढीबाट प्रभावितका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ७ लाख ५१ हजार रुपैयाँ सहयोग गरेको छ । संस्थाका अध्यक्ष सुरेन्द्रकुमार शाह र व्यवस्थापक डम्बरकुमार शाहद्वारा जारी अपिलमा राष्ट्रिय विपत्तिको यस घडीमा सामाजिक उत्तरदायित्व निर्वाह गर्दै उक्त रकम सहयोग गरिएको जनाइएको छ ।

सहकारीका सञ्चालक, कर्मचारी तथा संस्थाको स्वपुँजीबाट रकम जुटाएर सहयोग गरिएको संस्थाले जनाएको छ । रसुवाको बाढीबाट भएको मानवीय तथा भौतिक क्षतिप्रति दुःख व्यक्त गर्दै संस्थाले अझै आफ्ना आफन्तको खोजी तथा खबरको प्रतीक्षामा रहेका परिवारप्रति ऐक्यबद्धता जनाएको छ । संस्थाले शेयर सदस्य, शुभेच्छुक तथा विभिन्न संघसंस्था र निकायलाई पनि आफ्नो तर्फबाट स्वेच्छिक रूपमा राहत कोषमा योगदान गरी विपद्को समयमा सहयोग गर्न अपिल गरेको छ ।