शनिबार, आश्विन १७ गते २०८३

एमबैंक र एनएमसी -कोअपबीच डिजिटल वित्तीय सेवा विस्तारका लागि रणनीतिक साझेदारी


श्रावण २६, २०८३ मंगलबार
एमबैंक र एनएमसी  -कोअपबीच डिजिटल वित्तीय सेवा विस्तारका लागि रणनीतिक साझेदारी

 नेपालको अग्रणी डिजिटल वित्तीय सेवा प्रदायक एमबैंक टेक्नोलोजिज प्रालि र नेपाल बहुउद्देश्यीय सहकारी संस्था (एनएमसी-कोअप) बीच एकीकृत डिजिटल बैंकिङ, भुक्तानी तथा ऋण सेवा एउटै प्लेटफर्ममार्फत उपलब्ध गराउने उद्देश्यले रणनीतिक साझेदारी भएको छ।

उक्त सम्झौतामा जेठ २९ गते भएको थियो भने सेवा साउन ७ गतेदेखि औपचारिक रूपमा सञ्चालनमा आएको छ। देशभर ५७ सेवा केन्द्रमार्फत एक लाख ५० हजारभन्दा बढी सदस्यलाई सेवा प्रदान गर्दै आएको एनएमसी(कोअपले अब आफ्ना सदस्यलाई एमबैंकको प्लेटफर्ममार्फत थप व्यापक डिजिटल वित्तीय सेवा उपलब्ध गराउने भएको छ। यस साझेदारी अन्तर्गत एनएमसी(कोअपका सदस्यहरूले एउटै मोबाइल एप्लिकेसनमार्फत मोबाइल बैंकिङ, क्यूआर पेमेन्ट, फन्ड ट्रान्सफर, युटिलिटी पेमेन्ट, डिजिटल पेमेन्ट तथा केवाइएम अपडेट लगायतका सेवा प्राप्त गर्न सक्नेछन्। साझेदारीले डिजिटल लेन्डिङ क्षेत्रमा पनि विशेष जोड दिएको छ। चरणबद्ध रूपमा सदस्यहरूले फिक्स्ड डिपोजिट तथा पिरियडिक खाताविरुद्ध ऋण, ऋण भुक्तानी, ऋण विवरण ९लोन स्टेटमेन्ट० तथा नयाँ ऋण आवेदन जस्ता सेवा मोबाइल प्लेटफर्ममार्फत प्राप्त गर्न सक्नेछन्। डिजिटल प्रक्रियामार्फत आवश्यक कागजात पेश गर्ने र ऋण आवेदनको अवस्थाबारे जानकारी लिन सकिने भएकाले शाखामा प्रत्यक्ष उपस्थित हुनुपर्ने आवश्यकता कम हुने अपेक्षा गरिएको छ।

साझेदारीबारे प्रतिक्रिया दिँदै एनएमसीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) तथा  राष्ट्रिय सहकारी बैंक लिमिटेडका अध्यक्ष   लक्ष्मीप्रसाद उप्रेतीले सहकारी क्षेत्रको दिगो विकासका लागि प्रविधिमैत्री सेवा विस्तार अपरिहार्य रहेको बताउँदै यस साझेदारीले सदस्यलाई सुरक्षित, सहज र आधुनिक वित्तीय सेवा प्रदान गर्ने विश्वास व्यक्त गरे ।त्यसैगरी एमबैंकका प्रमुख कार्यकारी अधिकृत ९सीईओ० सञ्जय महासेठले भने, “यो साझेदारी केवल मोबाइल बैंकिङ सेवाको विस्तार मात्र होइन, सहकारी क्षेत्रलाई डिजिटल प्रविधिमार्फत रूपान्तरण गर्ने साझा पहल हो। बैंकिङ, पेमेन्ट र लेन्डिङलाई एउटै डिजिटल इकोसिस्टममा एकीकृत गरेर हामी सदस्यलाई अझ सरल, सुरक्षित र आधुनिक वित्तीय अनुभव प्रदान गर्न चाहन्छौं।”

यो साझेदारीले एमबैंकको ‘वन प्लेटफर्म फर बैंकिङ, पेमेन्ट्स एन्ड लेन्डिङ’ भन्ने दृष्टिकोण तथा ‘वन एप, मल्टिपल सर्भिसेज’ भन्ने मूल अवधारणालाई थप सुदृढ बनाएको कम्पनीले जनाएको छ। साथै, यसले नेपालभर सहकारी, लघुवित्त र वित्तीय क्षेत्रमा डिजिटल वित्तीय पहुँच विस्तार गर्ने कम्पनीको प्रतिबद्धतालाई पनि मजबुत बनाएको छ।  एमबैंक नेपालमा आधारित डिजिटल वित्तीय सेवा प्रदायक कम्पनी हो। कम्पनीले एक दशकभन्दा बढी समयदेखि सहकारी, लघुवित्त संस्था तथा वित्तीय संस्थाहरूलाई मोबाइल बैंकिङ, डिजिटल पेमेन्ट, क्यूआर पेमेन्ट, डिजिटल लेन्डिङ लगायतका प्रविधि समाधान उपलब्ध गराउँदै आएको छ।
 
एनएमसी नेपालको अग्रणी बहुउद्देश्यीय सहकारी संस्था मध्ये एक हो । संस्थाले बचत तथा ऋण, कृषि, दुग्ध, चिया, रेमिट्यान्स तथा अन्य समुदायमुखी सेवामार्फत एक लाख ५० हजारभन्दा बढी सदस्यलाई सेवा प्रदान गर्दै आएको छ।