बुधबार, भाद्र ३ गते २०८३

कमरेड पुष्पलालबाट समय सापेक्षरुपमा सिकौ !


श्रावण ६, २०८३ बुधबार
कमरेड पुष्पलालबाट समय सापेक्षरुपमा सिकौ !

कमरेड पुष्पलाल कार्यकर्ताहरुको सामयिक र सामुहीक शिक्षण प्रशिक्षणमा सर्बाधिक लागातार  जोड दिनु हुन्थ्यो । उहाँले उठाउनु भएका परिबर्तन गर्नुपर्ने ‘पाँच प’ अर्थात परमेश्वर, परलोक, पुर्पुरो, पूर्बजन्म र पुनर्जन्म र अमूल परिबर्तन गर्नका लागि चाहिने अति आवश्यक ‘तीन स’ संघर्ष, संगठन र सिद्धान्त’ का अन्तरबस्तुहरुलाई हामीले राम्ररी हेर्यौ र केलायौं भने मात्र पनि हामी सही दिशा र सही गतिमा अघि बढ्न ध्यान दिनु पर्ने आवश्यक कुरा के के हुन् भन्ने मूलतः प्रष्ट हुन्छ ।  त्यस प्रकृयाबाट हामी बिषय बस्तुलाई बैज्ञानिक ढंगले बुझ्न र सतही र छिपछिपे ज्ञानार्जनबाट अघि बढेर ज्ञानको गहिरो, गहन र गम्भीर भण्डारमा पुग्न सक्छौ । अनि  त्यसलाई पनि बद्लिदो संसार अर्थात मानब र प्रकृतिलाई थप बुझ्न तथा मानब समाज र प्रकिृतको सही किसिमले बुझ्नमा रहेका अपर्याप्ततालाई हटाउन र ज्ञानलाई थप बिकसित गर्न सकिन्छ र त्यसो गर्न सिक्नु र सक्नु पर्दछ भन्ने उहाँको प्रष्ट र बैज्ञानिक दृष्टिकोण थियो । मानिसलाई माक्र्सबादले सिकाएको र सिकाउने कुरा नै यही हो भन्ने उहाँको सार्थक र समय सापेक्ष निष्कर्श थियो ।

त्यसैले उहाँले आफैले बुझ्न र कार्यकर्ताहरुलाई बुझाउन शब्दको उत्पत्ति, अर्थ र परिभाषा समेतको खोजी गर्नतिर पनि कलम चलाउन शुरु गर्नु भएको थियो तर उहाँले त्यस सुरुवात मार्फत जुन दिशा निर्देश गर्न खोज्नु भएको थियो त्यो परिबर्तनका लागि ज्ञान आर्जन गर्नुपर्ने ज्ञानको लागि मात्र अप्रयोजनीय  ज्ञानको कुनै अर्थ छैन भन्ने उहाँको बस्तुबादी  र सत्य सापेक्ष कुरा थियो । ज्ञान पाउनु असमानता, अज्ञानता, अभाव, अनिश्चित र असुरक्षित स्थितिमा जकडिएको  परिबार, समाज र बिश्वलाई बदल्न अग्रसर हुनु हो भन्ने कुरासंँग अभिन्नरुपले गाँसिएको ठोस, महत्वपूर्ण र अत्यावश्यक कुरा थियो । त्यसैले उहाँले शब्द कोष र बिश्वकोषको कुरा उदाहरणकारुपमा उल्लेख गर्नु हुन्थ्यो त्यसलाई सही परिप्रेक्षमा बुझ्न बझाउन निरन्तर प्रयत्न गरिरहनु पर्ने आवश्यकता औंल्याउनु हुन्थ्यो ।

कमरेड पुष्पलालले समय अभावले र अर्थाभावले पनि आफुले प्राप्त गरेको अनुभव र ज्ञानगुनका कुरा धेरै जसो लेख्न पाउनु भएन भन्ने मलाई लाग्छ । त्यसैले उहाँ रचनाकृतिहरु अपर्याप्त र अधूरा रहन गएका छन् भन्ने महसुश पनि गर्नु हुन्थ्यो । उहाले भन्ने गर्नु हुन्थ्यो कि शब्दकोष(डिक्सनेरी) र बिश्वकोष(इनसाइक्लोपेडिया) प्रारम्भिक ज्ञान प्राप्त गर्ने महत्वपूर्ण श्रोतहरु हुन् ।जसले हामीलाई शब्दहरुको अर्थ, उच्चारण र ब्युत्पत्ति अनि खाश समय र सँस्कृतिका बिषयका बारेमा महत्वपूर्ण र गहन बिषयको प्रारम्भिक जानकारी गराउँदछ भन्ने उहाँको सामान्य निष्कर्श थियो । शब्दकोष मूलतः भाषाका शब्दहरुमा केन्द्रित हुने गर्दछ भने बिश्वकोष  बिभिन्न बिषयमाहरुमा बिस्तृत लेखहरुको संग्रह जस्तै हुन्छ । यद्यपि यी दुबै संसाधनले शिक्षा, अनुसन्धान र सामान्य प्राथमिक ज्ञान बढाउनका लागि  अत्यन्तै महत्वपूर्ण भूमिका निभाइरहेका हुन्छन् भनेर उहाँ सम्झाउने र अध्ययन गर्न पे्ररित गर्ने गर्नुुहुन्थ्यो ।
बिषय बस्तुहरुको उदाहरण दिदै उहाँ भन्ने गर्नु भएको ढंगले  यदि हामीले अग्रेजीको एउटा बिश्वसनीय र प्रसिद्ध मानिएको शब्दकोष वेबस्टर डिक्शनरी (Webster Dictionary)लाई राम्रोसँग अध्ययन गर्न शुरु गर्यौं भने जुन अचेल छापा र अनलाईन दुबै रुपमा हेर्न पाइन्छ, त्यसमा शब्दहरुको अर्थ, समानार्थी शब्द,बिलोम शब्द,तिनको उपयोगको उदाहरण र उच्चारण गर्ने तरीकाको समेत उल्लेख गरेको पाउन सकिन्छ । यो अध्ययन गर्न चाहने र अध्ययन गर्न खोजिरहेका बिद्यार्थीहरु, लेखक, साहित्यकार, अनुसन्धानकर्ता भाषाप्रेमीहरु जो कसैका लागि पनि अमूल्य निधिको रुपमा रहेको हुन्छ ।

Dungampl.jpg
त्यस्तै अर्को उदाहरणकोरुपमा बृटानिका बिश्वकोष(Encyclopædia Britannica)लाई पनि लिन सकिन्छ । यसलाई एउटा ऐतिहासिक महत्वको ब्यापाक बिश्वकोष मानिन्छ । यसले कला, बिज्ञान, इतिहास,भूगोल लगायतका बिभिन्न महत्वपूर्ण बिषयहरुमा बिस्तृत र आधिकारिक जानकारी प्रदान गर्दछ । यो पनि अचेल छापा र अनलाईन दुबै प्रारुपमा पाइन्छ । यसका अतिरिक्त यसका लेखहरु बिषय बिशेषज्ञहरुद्वारा लेखिएका हुन्छन् तिनले पनि खोज अनुसन्धान गर्ने, गर्न चाहने बिद्यार्थीहरु र सामान्य पाठकहरुका लागि पनि उकृष्ट सन्दर्भ र उपकरणकोरुपमा काम गर्दछन्् । अचेल त बेग्लाबेग्लै बिषका बिस्तृत रुपमा बिकसित गरिएका शब्दकोष र बिश्वकोषहरु  पनि पाइन्छन् । जस्तो कि दर्शनको शब्दकोष या बिश्वकोष यस प्रकार ज्ञानको बिकास बिस्तृत र ब्यापक हुदै गए पछि मानिसको ज्ञानको पनि बिस्तृतिकरण र बिशिष्टिकरण हुँदै गएको छ । 
आजको बिज्ञान र प्रबिधिको अपूर्ब बिकासले ज्ञानको बढ्दो गतिशीलता र बिकासलाई पनि ठूलो फड्को मार्न मद्दत गर्दै र अघि बढाउदै  लगेको छ । यसै प्रसंगमा ज्ञानको खोजीमा अनलाईन उपकारण आज बिश्वब्यपाीरुपमा फैलिन थालेको छ र सिक्ने सिकाउने प्रकृया हिजोकोभन्दा फरक र द्रूत गतिमा गहन पनि बन्दै गएको छ । आजभोली त अनलाईन अर्थात(डिजिटलाइज्ड) शब्दकोष र बिश्वकोष जास्तो कि विकीपिडीया(Wikipedia) तथा अक्सफोर्ड अग्रेजी शब्दकोष(इहायचम भ्लनष्किज म्ष्अतष्यलबचथ)हरु पनि निकै   लोकप्रिय मानिन्छन् । यी तुरुन्त प्राप्त हुने र कतिपय निशुल्क पनि उपलब्ध हुने गरेका पनि छन् । यद्यपि यस्ता महत्वपूर्ण संसाधन र उपकरणहरुको ज्ञानको बिकास र बिस्तृतिकरण तथा बिशिष्टिकरणमा अत्यन्तै ठूलो महत्व र भूमिका रहेको मात्र छैन आउदा दिनहरुमा यसले ज्ञानको सुलभतालाई पनि अझ बढाउने स्थिति बिकास हुँदै जाने र फैलिने देखिन्छ ।

यस शब्दकोष र बिश्वकोष बाहेक अन्य सन्दर्भ सामाग्रीहरु (Thesaurus ) र एटलस (Atlas )जस्ता ज्ञान प्राप्त गर्ने सामाग्रीहरु पनि उपलब्ध हुदै आएका छन् । थिसारसले शब्दहरुको समानार्थी र बिलोम  शब्दहरु प्रदान गर्दछ भने एटलसमा बिश्वभरीकै मानचित्र र भौगोलिक जानकारी संग्रति रहेका हुन्छन् । यी सबै ज्ञान आर्जनका उपकरणहरुले सारमा हामीलाई बिश्वलाई बुझ्न र बदल्न ज्ञान प्राप्त गर्न मद्दत गर्दछन् । तर मूल कुरा हामीमा नेपालको सन्दर्भमा कमरेड पुष्पलालकै जस्तो ज्ञान पिपासा – समाज बुझ्ने र बदल्ने हुटहुटी हुन पर्छ । कमरेड पुष्पलालले समाज बिकासको क्रममा तर्कसंगतता र स्वचालन (Rationalisation andautomation) पनि बढ्दै जान्छ र अन्ततः मानब समाज बिबेक र ज्ञानले परिपूर्ण हुँदै मानबीयता फल्ने फुल्ने र फक्रिने स्थिति– बैज्ञानिक समाजबाद बिकसित हुन्छ र अन्ततः साम्यबादमा पदार्पण गर्दछ भन्ने दृढ बिश्वास राख्नु हुन्थ्यो र त्यस दिशामा क्रियाशील हुनु पर्ने आवश्यकता निरन्तर औल्याइरहनु हुन्थ्यो  ।

बिश्व नै मानिसको साझा घर हो भन्ने कुरा हिजो पनि ‘बसुधैब कुटुम्बकम’् भनेर सोचिन्थ्यो भने आज माक्र्सबादले‘बिश्वका सम्पूर्ण श्रमजीबी जनता एक जुट होऔं’ भन्ने सार निकालेको छ । मानिस श्रमले नै बनेको हो भनेर ‘बानरबाट नर बन्नमा श्रमको भूमिका’ भन्ने सारगर्भित र महत्वपूर्ण खोज एंगेल्सले  गरेका छन् भन्ने कुरा औल्याउनु हुन्थ्यो । त्यति मात्र होइन, उहाँ अध्ययन, खोज र समाजिक अनुसन्धानमा समयले साथ दिएसम्म निरन्तर लाग्नु हुन्थ्यो । उहाँको मातृसत्तात्मक समाज, नेपालको ऐतिहासिक सर्बेक्षण आदि जस्ता सामाजिक खोज र अन्य राजनीतिक प्रकृतिका कृतिहरुले पनि उहाँको प्रयोजनपूर्ण अग्रगामी आमूल सामाजिक परिबर्तनप्रतिको ज्ञान पिपासालाई उजागर गर्दछन् ।कमरेड पुष्पलालबाट सिकौं र समय सापेक्षरुपमा अघि बढौं !