बुधबार, भाद्र ३ गते २०८३

आउँदा महिनाहरुमा बिश्वमा भयावह अकालको स्थिति आउने


आषाढ ३१, २०८३ बुधबार
आउँदा महिनाहरुमा बिश्वमा भयावह अकालको स्थिति आउने
 
संयुक्त राष्ट्र संघका खाद्य तथा कृषि संगठन र बिश्व खाद्य कार्यक्रहरु जस्ता  संस्थाहरुले यतिबेला के स्पष्ट चेतावनी दिदै भनेका छन् भने आउदा महिनाहरुमा बिश्वका पहिचान गरिएका १३ संकटग्रस्त क्षेत्रहरुमा भयंकर ठूलो अनिकाल पर्ने र स्थिति अझ खराब हुने आशंका छ । त्यस भयावह दुर्भिक्षका पछाडि चलिरहेका त्यहाा चलिरहेका युद्ध र  संघर्षहरु, पैसाको कमी र जलवायु सम्बन्धि बिपत्तीका कारण लाखौ मानिसहरु अहिले नै ठूलो अकालको चपेटामा परिसकेका या परिरहेका छन् । थप अझ ठूलो अकालको महासंकट ती क्षेत्रमा निम्तिने बताइएको छ । 
 
हालैको संयुक्त राष्ट्र संघको खाद्य तथा कृषि संगठन (एफओए) र बिश्व खाद्य कार्यक्रमको नयाँ संयुक्त प्रतिबेदनमा भनिएको छ कि जूनदेखि नोभेम्बर २०२६ भित्रको आउँदो ६ महिनामा  यो स्थिति अझ बिग्रन सक्ने छ । प्रतिबेदनका अनुसार बिश्वमा पहिलादेखि नै २६.६ कारोड मानिसहरु खाद्य संम्बन्धि गम्भीर असुरक्षाको सामना गरिरहेका छन् । त्यसैले ती बिश्व संस्थाहरुले तत्कालै ठोस कदम उठानका लागि आह्वान पनि गरिसकेका छन् । बिश्व खाद्य कार्यक्रम(डब्लूएफपी)का कार्यबाहक कार्यकारी निर्देशक कार्ल स्काउले भनेका छन् कि यस प्रतिबेदनमा दिइएका चेतावनीहरुलाई वेवास्ता गर्न सकिदैन । तत्कालै कदम उठाइएन भने आउँदा महिनाहरुमा लाखौं मानिसहरुकले गम्भीर अनिकालको सामना गर्नु पर्ने स्थितिको सामना गर्नु पर्ने हुनसक्छ र तीमध्ये धेरै अकालको अझ बढी निकट पुग्ने खतरामा पर्नेछन् । 
 
यस सन्दर्भमा प्रकाशित त्यस प्रतिबेदनका अनुसार सूडान, दक्षिण सूडान, यमन र गाजापट्टी सबैभन्दा बढी चिन्ताजनक र संकटग्रस्त क्षेत्र पहिलादेखिने बनिसकेका छन् । यो अकालको स्थिति अझ बढ्न जाँदा र अकालको खतरा अझ बढ्दा नाईजेरिया र सोमालियालाई पनि अकालग्रस्त क्षेत्रमा सामेल गर्नु पर्ने स्थिति उत्पन्न हुनजाने छ । अनि अफगानिस्तान, कंगो, म्यानमार, हैटी, माली तथा पहिलो पटक यसमा सामेल गरिएको लेबनान र मेडागास्कर  पनि संकटग्रस्त क्षेत्रहरुको सूचिमा रहेको बताइएको छ । राष्ट्र संघका ती एजेन्सीहरुले भनेका छन् कि लगभग सबै संकटग्रस्त क्षेत्रहरुमा अनिकालको मूख्य कारण त्यहाँ चलिरहेको युद्ध र बढ्दो हिंसा कारक रहेको छ । आर्थिक संकट, मानबीय सहायताका लागि धनराशीमा ठूलो कटौति तथा ‘अल नीनो मौसमी प्रणाली’को सम्भाबित प्रभावले यो खाद्य संकटको स्थितिलाई अझ गम्भीर तुल्याइदिएको छ । ‘अल नीनो’का कारण संबेदनशील क्षेत्रहरुमा खडेरी र बाढी दुबै आउन सक्ने थप गम्भीर चेतावनी दिइएको छ ।
map-nepal1.jpg
ती कार्यरत संस्थाहरुले अझ थप के चेतावनी पनि दिएका छन् भने पश्चिम एशियाको संघर्षका अन्य क्षेत्रमा परिरहेको असर र पूर्बी कंगोमा ईबोला भाइरसको प्रकोपको कारणले समेत हालत अझ खराब बन्न पुगेको छ । यी सबै कारणले गर्दा बजार, अजीबिकका र सहायत पु¥याउने या पुग्ने ब्यबस्थामा पनि ब्यवधान खडा हुनसक्छ । ती संस्थाहरुबाट प्रकाशित संयुक्त प्रतिबेदन अनुसार खाद्यान्न लगायतका बस्तुहरुको ठूलो अभाव र आवश्यकता हुदाहुँदै पनि खाद्य सहायता र त्यससँग सम्वन्धित कार्यक्रमहरुका लागि धनराशी २०२२ देखियता नै ५९ प्रतिशतले घटिसकेको । यसै बीच बित्तपोषणको सम्वन्धमा एउटा राम्रो समाचार पनि के आएको छ भने अमेरिकाले बिश्व खाद्य कार्यक्रमलाई ८० करोड डलर  दिने प्रतिबद्धता अहिले  जनाएको छ । यूक्रेनमा अमेरिकी नेतृत्व  र नाटोका कारण निम्त्याइएको युद्ध तथा  तथा ईरानका बिरुद्ध अमेरिका र इज्रायलले संयुक्तरुपमा थोपरेको युद्धका कारण यतिबेला बिश्वमा केवल कच्चा तेलको  र ग्यासको कमी मात्र भइरहेको छैन, त्यसले कयौ देशहरुको आर्थिक अबस्था नै नराम्रोसँग चर्मराइरहेको र चौपटको हालत एकदमै खराब स्थितिमा पुगेको छ ।
 
माथि उल्लेख गरिएका यी युद्धहरुको कारणले आउँदो एक बर्ष भित्रमा अन्य कयौं देशहरु पनि भोकमरीको चपेटमा पर्नसक्ने अझ डरलाग्दो आशंका समेत गरिएको छ । यो बिश्व स्तरको अनिकालको बढ्दो संकटलाई मध्यनजर गरेर जहाँ एकातिर खाद्य सामाग्रीको बर्बादीलाई रोक्न बिश्वस्तरमा  दृढ संकल्प लिनु समयको अपरिहार्य माग भएको छ भने अर्कोतिर मानबीय दृष्टिकोणकासाथ अनिकालको चपेटामा परेका र पर्न लागेका मानिसहरुको उद्धार गर्नका लागि र त्यस स्थितिबाट बाहिर निस्कनका लागि समेत बिश्व स्तरमा सहायताका लागि ठोस अभियान चलाइनुपर्ने सुझावहरु पनि दिइएकोछ । बिश्वका सबै मानिसहरुको आधारभूत र प्राथमिक आवश्यकता र आजीबिकको पहिलो र अपरिहार्य शर्त नै सुरक्षित खाद्य अधिकार र खाद्य सम्प्रभूताको कुरा हो । त्यसैले मानबको जीवनदायिनी शक्ति कृषि र किसानको हक, हितका साथै त्यस क्षेत्रको समुन्नतिमा सम्पूर्ण ध्यान केन्द्रित गर्नु पनि उत्तिकै आवश्य समयको ज्वलन्त माग बनेको छ । सम्बन्धित सबैको यथाशिघ्र ध्यान पुगोस् ।