आइतबार, आश्विन १८ गते २०८३

बलम्बु च्याउ सहकारीले सदस्यलाई ब्याज छुट दिने, असार मसान्तभित्र भुक्तानी गरे सुविधा पाइने

आषाढ १४, २०७८ सोमबार
बलम्बु च्याउ सहकारीले सदस्यलाई ब्याज छुट दिने, असार मसान्तभित्र भुक्तानी गरे सुविधा पाइने

 

बलम्बु च्याउ सहकारी संस्थाले सदस्यहरुलाई ब्याज छुट दिने भएको छ । संस्थाले कोभिड–१९ संक्रमणबाट जोगिन स्थानीय प्रशासनले लगाएको निषेधाज्ञाका कारण सदस्यहरुको आयआर्जनमा प्रभाव परेको भन्दै ब्याज छुट सुविधा दिने भएको हो । संस्थाले निषेधाज्ञा अवधिभरको ब्याजमा १० प्रतिशत छुट दिने तथा हर्जाना शत्प्रतिशत नलिने निर्णय गरेको व्यवस्थापक ज्ञानदास महर्जनले जानकारी दिए । निषेधाज्ञाले सदस्यहरुको पेशाव्यवसाय ठप्प हुँदा आम्दानीका श्रोतहरु बन्द भएको अवस्थामा ऋणी सदस्यहरुलाई केहि मात्रामा भएपनि राहत मिलोस् भन्ने उदेश्यले छुट सुविधा दिइएको उनले जनाए । सदस्यले छुट सुविधा उपयोग गर्न २०७८ असार मसान्तभित्र भुक्तानी गनुपर्नेछ । संस्थाले यसअघि पनि आफ्ना सदस्यहरुको स्वास्थ्यको ख्याल गर्दै घरघरमै गएर कोभिड परीक्षण गर्ने व्यवस्था समेत मिलाएको थियो ।