बुधबार, भाद्र ३ गते २०८३

नेपाल लाइफ इन्स्योरेन्सद्वारा बाल अस्पताल निर्माण गर्न १ करोड सहयाेग


आषाढ ३०, २०८२ सोमबार
नेपाल लाइफ इन्स्योरेन्सद्वारा बाल अस्पताल निर्माण गर्न १ करोड सहयाेग

 

नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थ (किओच) लाई बुढानीलकण्ठमा निर्माणाधीन बहुविशिष्टिकृत बाल अस्पतालका लागि १ करोड रुपैयाँ सहयोग गरेको छ। यो सहयोग कम्पनीको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत गरिएको हो।

किओच कार्यालयमा आयोजित कार्यक्रममा नेपाल लाइफका सीईओ प्रवीण रमण पराजुली र किओचका अध्यक्ष डा। भगवान कोइराला बीच समझदारीपत्रमा हस्ताक्षर भएको हो।

हाल अस्पतालको मुख्य भवन अन्तिम चरणको निर्माणमा पुगेको छ भने क्लिनिकल रिसर्च बिल्डिङ पहिले नै सञ्चालनमा आइसकेको जानकारी दिइएको छ। अस्पतालले बालबालिकालाई सेवा दिने र बाल स्वास्थ्य तथा नसर्ने रोग अनुसन्धान अगाडि बढाउने लक्ष्य राखेको छ।

नेपाल लाइफका संचालक कमलेश कुमार अग्रवाल र सीईओ पराजुलीले निजी क्षेत्रको यस्ता सामाजिक परियोजनामा सहभागीता जरुरी भएको र भविष्यमा पनि यस्ता पहलमा अग्रसर रहने प्रतिबद्धता व्यक्त गरे। डा। कोइरालाले सहयोगप्रति आभार प्रकट गर्दै यसले अस्पताल निर्माणमा गति र प्रेरणा दिने बताए।