बुधबार, भाद्र ३ गते २०८३

चेम्बरले भन्यो, १० प्रतिशत कोरोना विरुद्धको खोप निजी क्षेत्रलाई देउ

श्रावण ५, २०७८ मंगलबार
चेम्बरले भन्यो, १० प्रतिशत कोरोना विरुद्धको खोप निजी क्षेत्रलाई देउ


 नेपाल चेम्बर अफ कमर्शले निजी क्षेत्रलाई प्राथमिकताका आधारमा कुल आयातको न्यूनतम १० प्रतिशत कोरोना विरुद्धको खोप दिन माग गरेको छ।

प्रधानमन्त्री शेरबहादुर देउवासँगको भेटमा उनले अर्थतन्त्रलाई जीवन्त बनाउने उद्योगी व्यवसायीलाई प्राथमिकतामा राखेर खोप दिन माग गरेका हुन्। मल्लले कोरोनाका कारण गत वर्षदेखिनै नेपाली अर्थतन्त्रमा गम्भीर क्षति पुगेको र अर्थतन्त्रमा संकट आउँदा पहिलो क्षति निजी क्षेत्रले भोग्नु परेको बताएका थिए।

उनले कुल गार्हस्थ्य उत्पादन जीडीपी को (५ ) प्रतिशत राहत प्याकेजको  व्यवस्था गर्दै सो रकम ३ प्रतिशत ब्याजदरमा उपलब्ध गराउन माग गरे। उनले संसदमा विचारधीन आर्थिक विधेयकहरु पारित गरिनु पर्ने, आर्थिक गतिविधि विस्तार एवं अर्थतन्त्र प्रतिस्पर्धी राख्न एकल अंकको ब्याजदर ७ देखि ८ प्रतिशत भित्र र रुग्ण उद्योगको हकमा ३ प्रतिशत देखि ५ प्रतिशतसम्म व्यवस्था गर्नुपर्ने माग राखे।

मल्लले निर्यात अनुदान मूल्य अभिवृद्धिको आधारमा दिइनु पर्ने र विदेशमा रोजगारी गुमाएकालाई स्वदेशमै रोजगारी उपलब्ध गराउनुपर्ने बताए। प्रधानमन्त्री देउवाले मुलुकको अर्थतन्त्र  उकास्न सरकार निजी क्षेत्रसँंग सदैव सहकार्य गर्न तयार रहेको बताए।