शनिबार, आश्विन १७ गते २०८३

खोप कार्यक्रम सुचारु, उमेर समुह र प्राथमिकताका आधारमा दुवै खोप लगाईंदै

आषाढ २९, २०७८ मंगलबार
खोप कार्यक्रम सुचारु, उमेर समुह र प्राथमिकताका आधारमा दुवै खोप लगाईंदै

 

चीनबाट ८ लाख र अमेरिकाबाट १५ लाख डोज कोरोनाविरुद्धको खोप आएपछि आजदेखि सरकारले खोप अभियान सुचारु गरेको छ । स्वास्थ्य सेवा विभागका अनुसार मंगलबारदेखि फेरि खोप अभियान सुरु गर्न गरिएको हो । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५५ वर्ष र सो माथिका उमेर समूहलाई भेरोसेलको पहिलो मात्रा लगाउन लागिएको  हो।  यो खोप विश्वविद्यालय, विद्यालयका प्राध्यापक, शिक्षक र कर्मचारीहरु, सार्वजनिक यातायातमा कार्यरत चालक र सहचालकलाई दिने जनाएको छ । 

यस्तै, सरकारले तोकेका अत्यावश्यक सेवामा संलग्न खोप लगाउन बाँकी व्यक्ति र खोप अनिवार्य गरेका देशमा जाने नेपाली नागरिकहरुले पनि भेरोसेल खोपको पहिलो मात्रा पाउने छन्।

त्यसबाहेक खोप अनिवार्य गरिएका देशमा वैदेशिक रोजगारीमा जाने नेपाली नागरिकले पनि यो खोप लगाउन पाउनेछन् । 

उता, अमेरिकी सरकारले अनुदानस्वरुप उपलब्ध गराएको जोन्सन एण्ड जोन्सन खोप यसअघि पहिलो मात्रा लगाउन छुटेका ५० देखि ५४ वर्ष उमेर समूहका मानिसहरूलाई दिइने भएको छ । यो खोप पूर्ण र अति अशक्तता भएका नागरिकहरू, हाल नेपालमा बसोबास गरिरहेका शरणार्थीहरू, स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मी र सरसफाइकर्मीले पनि पाउने भएका छन् । जोन्सन को खोप एक मात्रा लगाए पनि पुग्ने बताइएको छ । 

khop teku.jpg