शनिबार, आश्विन १७ गते २०८३

धान उत्पादनमा निर्भर अर्थतन्त्रमा "कृषि क्रान्ति" कसरी

आषाढ १५, २०७८ मंगलबार
धान उत्पादनमा निर्भर अर्थतन्त्रमा "कृषि क्रान्ति" कसरी

 

नेपाल एक कृषि प्रधान देश भएको नाताले गर्नुपर्ने बिषयहरु धेरै छन र कृषिलाई एक भवसागरको रुपमा पनि लिन सकिन्छ । हुनत अहिले पनि हाम्रा घरपरिवारमा अभिभावकहरुले राम्ररी पढ बाबु, नानी नत्र भने गोरु, हलो जोत्नु पर्ला भन्ने प्रचलन कायम छ । यो अभिव्यक्ति गलत छ किनकी यदि छोराछोरी कृषि क्षेत्रमा लाग्न चाहन्छन् भने त उनीहरुले जति हलो जोत्छन् त्यति पो बढी अनुभवी हुँदै जान्छन्, होइन र । अभिभावकहरुले यो जानकारी राखुन् कि स्वर्गीय डाक्टर एवं प्रोफेसर नर्मन अर्नेष्टबोर्लग नाम गरेका कृषि वैज्ञानिक जो भोक विरुद्ध लड्ने ब्यक्ति एवं हरितक्रान्तिका पिताको नामले पनि विश्वभर परिचित छन र निज बोर्लागले सन् १९७० मा कृषिमा प्रथम पटक शान्तिको लागि संसारको सर्वोत्कृष्ट नोबेल पुरष्कार प्राप्त गरेका थिए र अमेरिकी काँग्रेसले प्रेसिडेन्सियल अवार्डसमेत निजलाई प्रदान गरेको थियो । कृषि वैज्ञानिक डाक्टर बोर्लागले जापानको गहुँबाट नोरिन १० नाम गरेको जिन प्रयोग गरि होचा होचा गहुं Dwarf Wheat Varieties को जातहरु विकास गर्न सफल भई विश्वभर एक अर्ब मानिसलाई भोकमरी बाट बचाउन सफल भएका थिए । निज बोर्लागको नाममा रहेको बोर्लाग ग्लोबल रष्ट इनिसिएटिभ (BGRI) पुरस्कार  एक नेपाली कृषि वैज्ञानिक टिमले कालो सिन्दुरे रोग अवरोधी  ‘विजय’ नाम गरेको गहुंको जात विकास गरे वापत प्राप्त गर्न सफल भएका थिए । साथै नेपाल सरकारले पनि ती प्रत्येक कृषि वैज्ञानिकहरुलाई २ लाख रुपैयांको दरले प्रमाणपत्रसहित पुरस्कृत गरेको थियोे । सन् साठीको दसकमा विकास गरिएको एवं चमत्कारी नामले पहिचान प्राप्त आई.आर. ८ जातको धान विकास हुनुमा पनि बोर्लागको केही देन छ । यस जातको धान धेरै फलाउन सफल भएकोले चेन्नई, भारतका एक किसानले छोराको नाम नै आईआर ८ राखेका थिए ।

डाक्टर बोर्लागले भनेका छन् – Plants will talk to you if you will listen but they won’t shout and you never hear them if you stay in Air-conditioned room । भारतका प्रथम प्रधानमन्त्री नेहरुले भनेका थिए Everything can wait but not agriculture; If agriculture goes wrong, nothing goes right । धान र गहुंबालीको उल्लेखनीय रुपमा उत्पादकत्व एवं उत्पादन बृद्धि गराई भारतलाई खाद्यान्नमा आत्मनिर्भर गराएबापत भारतका कृषि वैज्ञानिक डाक्टर एम.एस. स्वामिनाथन पनि भारतमा हरितक्रान्तिका पिताको नामले चिनिन्छन् । बढी जनसंख्या भएको नाताले विश्वका ब्यक्तित्वहरुले भारत कहिले पनि खाद्यान्नमा आत्मनिर्भर हुन नसक्ने भन्दै आएका थिए ।

सफल खेतीपाती, पशुपंछी, मत्स्यपालन गर्न पनि धेरै अध्ययन, अनुसन्धान गर्नु अति जरुरी छ । कृषि भनेको अनपढले गर्ने ब्यवसाय भन्नु गलत हो । विश्वमा धान र गहुंबालीहरुमा विकसित उन्नत जातहरुले हरित क्रान्ति ल्याएको हो । जसले गर्दा डाक्टर बोर्लगलाई विश्वका  ‘हरितक्रान्तिका पिता’ भन्ने गरिन्छ । हुनत आजकाल हरितक्रान्ति (न्चभभल च्भखयगितष्यल० लाई दीगो नहुने ठानी सदाबहार हरितक्रान्ति (Green Revolution) हुनुपर्दछ भन्ने अवधारणापनि डाक्टर एम.एस. स्वामिनाथनले अघि सारेका छन् । हरितक्रान्ति नपुगेको स्थानमा पुग्नु पर्यो -Evergreen Revolution) भन्ने पनि छन् । आजकाल Yellow Revolution (खाने तेल), White Revolution (दुध), Blue Revolution (माछा) अर्थात Rainbow Revolution नै भएको छ भन्न सकिन्छ । जनसंख्या घट्नेवाला छैन र खेती गर्ने जमिन बढ्नेवाला छैन, मेरो बाजेले घिउ खाथे मात्र भनेर भएन, अब हामीले प्रति इकाइ उत्पादकत्व एवं उत्पादन बृद्धि गरी बढ्दो जनसंख्यालाई खुवाउन, पियाउन र आयआर्जन गर्न ज्ञान, विज्ञान, अन्वेषण, प्रविधिमा आधारित आधुनिक तौरतरिकाले खेतीगर्नु जरुरी भैसकेको छ । नेपाली किसानहरुसँग थोरै जमिन छ र त्यसमा पनि खेतीप्रणाली अवधारणा बमोजिम अलि अलि सबै कृषिबाली, वस्तु अपनाउने गर्दछन् र यस्तो अवस्थामा कसरी कृषि क्रान्ति गर्न सकिन्छ । अब निर्वाहमूखी खेतीबाट आधुनिकीकरण, व्यवसायिकरण, औद्योगिकीकरण, वैज्ञानिकीकरणतर्फ उन्मुख हुनुको विकल्प छैन ।  यसतर्फ लाग्न जमिनको चक्लाबन्दी गर्नु अति जरुरी छ । हामीले धानमा आधारित बाली चक्र अपनाउनुपर्ने हुन्छ । किनकी नेपाल र एशियामा नै धानसुरक्षा भनेकै खाद्यसुरक्षा हो । विज्ञसहित सम्बन्धित सरोकारवालाहरु समावेश गरी देशले एक उच्चस्तरिय खाद्यसुरक्षा मिसन बनाई कार्यान्वयन गर्नु पर्दछ ।

कार्यक्रम सफलतापूर्वक कार्यान्वयन गर्न समन्वयको अहम् भूमिका भएतापनि नेपालमा भने कमीकमजोरी पाइएको छ । उदाहरणको लागि यस स्तम्भकारले अध्ययन गरेको भारतस्थित पूवोत्तर प्रदेश र हाल उत्तराखण्डमा रहेको Govinda Ballabh Pant University of Agriculture & Technology (GBPUA&T) मा Land Grant Syster अनुसार एउटा प्रोफेसरले Agriculture Research, Extension and Education संचालन गरेको हुन्छ तर विडम्बना नेपालमा भने यी तीन निकायहरुबीच अलग अलग काम गर्ने र समन्वय नै छैन, मन्त्रालय नै भिन्दाभिन्दै छन् । विगतलाई समीक्षागर्दा जुन बाली, वस्तुको अनुसन्धानको आधार बलियो छ त्यसका उपलब्धी पनि राम्रो भएको पाइयो । GBPUA&T ले पढाइको अन्तिम बर्षमा ८ जना विद्यार्थीहरुलाई ३० रोपनी जमिनदिई बर्षभरि हिउँदे र बर्षेबाली खेतीगर्न लगाउँथ्यो र उत्पादन बिक्रीपनि ती विद्यार्थीहरुले नै गर्नु पर्दथ्यो जसलाई Practical Crop Production (PCP) कार्यक्रम भनिन्थ्यो । बिक्री गरी फाइदा गरेको खुदनाफा (Net profit) विद्यार्थीहरुले नै पाउँथे । यसलाई Earning while learning भन्न सकिन्छ । यसैकारण विगतलाई समीक्षा गर्दा Pantnagar मा Products/Graduates ले स्वदेश एवं विदेशका विभिन्न क्षेत्रहरुमा राम्ररी आआफ्नो कार्यसम्पादन गरेको पाइएको छ । पढाई सकिएपछि विद्यार्थीहरु स्वरोजगार, Job Giver not Job Seeker  हुनुपर्दछ । नेपालले यस्ता सफलताका कथागाथाहरुलाई किन अनुशरण गर्ने गरिँदैन । आ–आफ्नो क्षेत्रमा उदाहरण बनिसकेका विज्ञहरुलाई समय समयमा Guest Speaker बनाए प्रेरणा मिल्न जानेछ । नेपालमा पनि सैद्धान्तिकको साथै पन्तनगर विश्वविद्यालयमा जस्तो ब्यवहारिक कृषि शिक्षामा बढी जोडदिए राम्रो परिणाम आउने थियो भन्ने अनुभव एवं सुझाव यस लेखकको छ  ।

नेपालको आर्थिक वृद्धिदर नै धानबालीको उत्पादनमा निर्भर रहेको छ । यस वर्ष धानबाली लगाउनु अघि नै सरकारले न्युनतम समर्थन मुल्य तोकिदिएको छ, जुनकुरा सराहनिय छ तर यस्को कार्यान्वयन पनि हुनु पर्दछ । बीउ, मल, अन्न भण्डारण गर्न पूर्वाधारहरु पनि तैयार गर्नु पर्दछ वा भाडामा लिएरपनि सो गर्न सकिन्छ । बीउ, मलको Buffer Stock राख्न सके प्रत्येक बर्ष किसानहरुलाई बीउ, मलको हाहाकार हुने थिएन । बंग्लादेशले यसो गरेकोले नेपाललाई ५०,००० मेट्रिक टन युरिया मल सापट दिन समेत तैयार भएको छ । रासायनिक मल कारखाना बनाई आत्मनिर्भर हुन सकिन्छ तर सोबाट उत्पादन गरिने मल छिमेकी देशहरुको भन्दा महङ्गो हुनुभएन । आयात प्रतिस्थापन र निर्यात प्रवद्र्धनको रणनीति लिनु पर्दछ । High Value Low Volume लाई प्राथमिकतामा राख्नु पर्छ । हाल कृषिको विकासमा यथोचित लगानी पुग्न सकेको छैन ।

dhan 1.jpeg

युवाहरुको विदेश पलायनले खेतीयोग्य जमिन बाँझिने क्रम बढ्दो छ । कोभिड १९ ले फर्केका युवाहरु पुनः विदेश नै फर्कन थालेका छन् । तसर्थ देशले सशक्त रुपमा कृषि यान्त्रिकरण नीति पारित गरी कार्यान्वयनमा ल्याई अगाडि बढाउनु अति जरुरी भइसकेको छ । काठमाण्डौं उपत्यकाको उर्वरमाटोमा हाल बाली, विरुवा हैन घरहरु फलिरहेका छन् यहि क्रम तराईतिर पनि बढ्दो छ । स्वदेशमै स्वरोजगार बन्नु, उर्वर भूमिको बढी सदुपयोग गर्नु र उत्पादन एवं आय बढाउनुको विकल्प देखिन्न । देशलाई  कृषिमा आत्मनिर्भर गराई खाद्यसुरक्षा, पोषण सुरक्षा, आयआर्जन, दिगोपनाको हिसाबले सोच्नु पर्दछ । बाँच्नको लागि पनि अरुको मुख ताक्ने बानीव्यहोरा त्याग्नु पर्दछ किनभने सन् २००७।०८ मा विश्व खाद्यसंकट आइपर्दा भारतले चार बर्षसम्म सर्वसाधारणले खाने गैर बासमती (मोटो) धान, चामल र गहुं निर्यातमा प्रतिबन्ध लगाएको थियो । त्यसैले हामीले स्वदेशमा नै कृषि उपज उत्पादन गरी आत्मनिर्भर हुनुपर्दछ, के हामी बाँच्नपनि सधैं अरुको मुख ताक्ने ?  सफलताका कथा, गाथाहरुलाई स्थलगत रुपमा अनुशरण गरी हाम्रा युवा पुस्ताले ५० डिग्री सेल्सियस भन्दा बढी तापक्रम भएका रेगिस्तान हुने खाडी मुलुकहरुमा गएर किन पसिना बगाउनुपर्छ, स्वदेशभित्रै देश एवं आफ्नैलागि कृषि क्षेत्रमा केही गरेर अनुशरणीय उदाहरण प्रस्तुत गर्न सक्छन । आ–आफ्नो कृषि क्षेत्रमा पढेर, परेर, गरेर सफलतापूर्वक उत्पादकत्व, उत्पादन बृद्धि गरी प्रतिभा देखाइसकेका, प्रमाणित भैसकेका (Outstanding Track-Recordholders) कृषि वैज्ञानिक, विज्ञ, प्राविधिकहरुलाई समेत सम्पर्क गरी निजहरुको निरन्तर राय, सल्लाह, सुझाव अनुसार अगाडि बढे कृषिमा सफलता हासिलगर्न सकिन्छ । सरकारले यस्ता हाल कार्यरत र अवकासप्राप्त सफल कृषि विज्ञहरुको रोष्टर, लिष्ट बनाएर राख्नु पर्दछ र त्चबष्लभच’क त्चबष्लष्लन, तालिम दिँदा, योजना, नीति बनाउँदा उनीहरुको सहयोग लिनु पर्दछ । किनकी जस्तो गुरु उस्तै चेला बन्दछ । हाम्रो होइन, राम्रो विज्ञ छान्नु पर्दछ । उदाहरण लिँदा नेपाल विद्युत प्राधिकरणमा आमजनताको माग बमोजिम कुलमान घिसिंग जस्ता सफलता प्रदर्शन गरिसकेका विज्ञलाई समेत सरकारले पुनर्नियुक्ति दिएको छैन । यो एक विडम्बना नै हो । विदेशमा जीवित छँदा र मृत्युपर्यन्त पनि वैज्ञानिकहरुलाई राष्ट्रले सम्मान गरेको पाइन्छ । तर नेपालमा त ‘कौन पुछे खेसरीके दाल’ भने जस्तो राम्रा वैज्ञानिक, विज्ञहरुलाई सम्मान दिएको फाट्टफुट मात्र पाइन्छ । राम्रा विज्ञ भनेको देशको शान, गौरव, गहना, सम्पति हुन । अझ अवकासप्राप्त राम्रा विज्ञहरुलाई समेत फोहोर टालो फ्याके जस्तो गरेको पाइन्छ । अवकासप्राप्त राम्रा विज्ञहरुको पनि सरकारले सहयोग लिनु पर्दछ । Vocational Training मा विशेष ध्यान दिनु म जरुरी देख्छु ।

कृषिको राष्ट्रिय नीति भनेको विकासे र परम्परागत जात, नश्ल, प्रविधिलाई फ्यून वा एकीकृत गरेको हुनुपर्दछ । दीर्घकालिन मलखाद परीक्षणले यही एकीकृत निश्कर्ष निकालेको छ । जलवायु परिवर्तन बारे परिभाषा मात्र नगरी धानबालीमा जस्तो खडेरी पर्ने भए सुख्खाधान १, सुख्खाधान २, सुख्खाधान ३, सुख्खाधान ४, सुख्खाधान ५, सुख्खाधान ६ लगाउने र डुबान पर्ने भए स्वर्णा सव १, सावां मसुली सव १, चेहरान सव १ लगाउने र खडेरी र डुवान दुबै सहन सक्ने वहुगुणी धान १ र वहुगुणी २ धान लगाउने भन्ने जस्ता प्रमाण दिन सक्नु प¥यो । उत्पादन बृद्धिको लागि मकैमा रामपुर हाइब्रिड १० र धानमा हर्दिनाथ हाइब्रिड १ र हर्दिनाथ हाइब्रिड ३ विकास भइसकेका छन । सफल प्रविधि प्रयोग गरी साना किसान ठुलो जमिन भन्ने अवधारणा अँगाली अगाडि बढ्नु पर्दछ । वन, सिंचाई, बीउमा, समुदायमा आधारित कार्यक्रमहरु सफल भएको पाइएको छ । कार्यान्वयन गर्न सकिने योजना, नीति मात्र बनाउनु पर्दछ । किनकी हाम्रा योजना, नीति राम्राहुने तर सय प्रतिसत कार्यान्वयन, उपलब्धी हासिल नहुने खाल्का भए । अनुदान नीति वास्तबिक किसानहरुले नपाउने खाल्का भए । त्यसैले सबै किसानहरुले अनुदान पाउनसक्ने वातावरण सरकारले बनाइदिनुपर्यो । चलखेल हुनु भएन । भू—उपयोग ऐन, नीति तुरुन्त लागु हुनु पर्यो, ढिलो भई सकेको छ । राजा पृथ्वी नारायण शाहले आजभन्दा २ सय ५० बर्ष अगाडि खेतीयोग्य जमिनमा बसोवास भएपनि सो हटाई खेती गर्नु भन्ने दिएको दिव्यउपदेश समेत हालसम्म लागु गर्न सकिएको छैन । कृषि तथा पशुपंछी वीमा पनि किसानहरुको लागि अति जरुरी छ । उही जनशक्ति, उही बजेट तर व्यवस्थापक फरक पर्दा प्रगति आकाशपाताल भएको पनि पाइएको छ । प्रविधि भनेको राजनीतिबाट तटस्थ (Technologies are Politically Neutral) भएको हुनु पर्दछ । होमस्टे गराई, ख्यातिप्राप्त, प्रख्यात स्थानीय कृषि उपज, परिकार विविधिकरणद्वारा  कृषि पर्यटनलाई प्रवध्र्दन गरिनु पर्दछ । कृषि क्रान्ति water security, seed security, fertilizer security, livelihood security, profitability / sustainability  हुनु जरुरी छ । आमसंचार माध्यमहरुको सहयोग लिन कदापि भुल्नु हुँदैन ।

नेपाली किसानहरुलाई कृषिमा के, के समस्या छ भनी सोधे गुणस्तरीय बीउ, मल, सिंचाई, ऋण, कृषि औजार, मेसिनरीहरु आदि भन्छन तर राम्रो विज्ञ चाहियो भन्दैनन । विज्ञ त्यतिबेला खोज्छन् जब रोग, कीराले समस्या दिन्छन् । बाली लगाउनु अघिनै रोग, कीरा कम गर्ने उपायहरु पनि छन् । विज्ञ मात्र भएरपनि हुंदैन किनकी गुणस्तरिय बीउ, मल, सिंचाई, ऋण, औजर, मेसिनरिहरु जस्ता कृषि सामग्रीहरु पनि निश्चित समयमा आवश्यक पर्दछ । सफल हुनको लागि उत्पादनको साथै बजारको अध्ययन हुनुपनि अति जरुरी छ र भनिन्छ सफलता प्राप्त गर्नको लागि esearch-push and Market-pull हुनुपर्दछ । भन्नुको मतलब खाली उत्पादन बढाउनेमात्र होइन, उत्पादनोपरान्त प्रविधि, बजारको अग्रिम सर्वेक्षण, ज्ञान,Marketing Intelligence हुनु पनि उत्तिकै जरुरी छ ।

हुनतः कृषिमा आशातित विकास अझै हुनसकेको छैन । तर उदाहरण एवं सफलतास्वरुप रेन्बो ट्राउट माछाले नेपालका कृषकहरुबीच अतिनै लोकप्रियता हासिल गरिरहेको छ । यस माछाको साथै सुनमा सुगन्ध थप्न, माछा व्यवसायीहरुले माछापोखरीको साथै रेष्टुराँ पनि खोलेका छन् । पकाएको ट्राउट माछा एक किलोग्रामको करिब १ हजार २ सय रुपैयाँ पर्दछ । हाल धेरै जिल्लाहरुमा रेन्बो ट्राउट व्यवसाय सफलतापूर्वक संचालन गरिरहेका प्रशस्त कृषकहरु देखिएका छन् । सहरी क्षेत्रमा अलंकारित  माछापालन एवं व्यवसायमा लाग्न सकिन्छ । नेपालमा केही बर्षदेखि प्लाष्टिक प्रयोग गरी प्लाष्टिक टनेल, प्लाष्टिक घर, ऐना घर बनाई बेमौसमी तरकारी खेती गर्ने प्रचलन पनि ब्याप्त हुँदै आएको छ । एउटै बोटमा सरदर १० किलोग्राम गोलभेँडा, टमाटर फलाएर प्रति किलोग्रामको ५० देखि १०० रुपैयाँको दरले एउटै बोटबाट बजार भाउनुसार ५०० देखि १,००० रुपैयाँ प्राप्त गर्न सकिन्छ भने किन खाडी देशमा पसिना चुहाउन प¥यो । फलफुल विरुवा उत्पादन नर्सरी, केरा, आंप, अंगुर, सुन्तला, जुनार, कागती, किवी (ठेकीफल), स्याउ, ओखर, भूईंकाफल (Strawberry), आँप, लिची, कटहर, एभोकाडो, पेपीनो मेलन, ड्रयागन फल, मेकाडेमिया नट आदिको बंगैचा खडागरी व्यवसायिक रुपमा जान सकिन्छ । उखु, जुट जस्ता नगदे अर्थात औद्योगिक बालीमा पनि हात बढाउन सकिन्छ । जैतुन (Olive) खेतीगरि राम्ररी आयआर्जनलिन सकिन्छ । च्याउ, रातोच्याउ, सिताकेच्याउ, माहुरीपालन राम्रो आयदिने कृषि ब्यवसाय हुन । बढी मूल्य पाइने र निर्यातको सम्भावना बोकेको Orthodox tea, Coffee, Basmati rice लगायतलाइ अर्गानिक खेती गरी विदेशी मुद्रा कमाउने बढी सम्भावना रहेको छ । उन्नत नश्लःका बंगुर, गाई, भैसीपालन गरी दुग्ध व्यवसाय संचालन गर्न सकिन्छ । पूर्वाञ्चल क्षेत्रमा अतिनै लोकप्रिय पाख्रीबास कालो बंगुर व्यवसाय राम्ररी सञ्चालन हुँदै आएकोछ । बोएर  बोका, बाख्रामा पनि हातहाल्न सकिन्छ । नेपालको स्थानीय खरी नश्लका बोका, बाख्रापनि लोकप्रिय छन । गोटचिज, याकचिज त विदेशीहरु माझ अतिनै लोकप्रिय भइसकेका छन् । नेपालमा कुखुरा एवं दुग्ध व्यवसाय उद्योगको रुपमा आइसकेको छ । गिरीराज कुखुरा स्थानीय जस्तै देखिने, खाना खाएर फालेका वस्तुहरुद्वारा समेत हुर्काउन सकिने र मासुपनि छिटो छिटो बढ्ने भएकोले कृषकप्रिय हुंदै गएको छ । टर्की, अष्ट्रिच यानी सुतुरमूर्ग पालनपनि रुपन्देही जिल्लामा शुरु भइसकेको छ । कालिज पालनपनि शुरु भएको छ । सम्भावना बोकेको अर्को क्षेत्र जडिबुटी एवं औषधिय वनस्पति पनि हो । नेपालमा पाइने खेती गरिने एवं जंगली रैथाने बिउविजन, पशुपंक्षीका नश्लः, परम्परागत ज्ञान, शीप, कौशल सम्बन्धी प्रविधि, खेती गर्ने औजार, रहनसहन, उत्पादन सामग्री, जैविक विविधता आदि राखेर स्वदेशी एवं विदेशी पर्यटकहरुका लागि एउटा उदाहरणीय म्यूजियम, चिडियाखाना, पार्क, मनोरन्जस्थल आदि बनाई मनोरन्जन दिलाउनुको साथै राम्ररी आयआर्जन समेत गर्न सकिनेछ । व्यावसायिक तालिम लाई विशेष जोडदिनु पर्नेछ । छनौट गरिएका कृषि यान्त्रिकरण खेती, यान्त्रिकरण सेवा, मर्मत सेवा, भाडामा कृषि मेसिनरीहरु प्रदानगर्ने (Custom hiring) जष्चष्लन०, भण्डारण, शीतघर एवं प्रशोधन कार्य (Cold storage and Processing Plant) आदिमा जोड दिन सकिन्छ । किनकी नेपालमा उत्पादनोपरान्त प्रविधिहरू Processing, Grading, Packaging, Branding/Logo, Cold storage निकै कमजोर छ । त्यसैले यस क्षेत्रलाई अगाडि बढाउनु उत्तिकै जरुरी रहेको छ ।