बुधबार, भाद्र ३ गते २०८३

 चीनले  तिब्बतमा चलायो तीब्र गतिकाे बुलेट ट्रेन

आषाढ १४, २०७८ सोमबार
 चीनले  तिब्बतमा चलायो तीब्र गतिकाे बुलेट ट्रेन

चीनले गएको शुक्रबार अर्थात असार ११ गते शुक्रबारदेखि तिब्बतमा बुलेट ट्रेन सञ्चालनमा ल्याएको छ । महत्त्वपूर्ण परियोजनाका रुपमा रुपमा रहेको उक्त रेल तिब्बतको राजधानी ल्हासा र निङ्ची सहरबीच चल्ने चिनियाँ सरकारी समाचार संस्था सिन्ह्वाले जनाएको छ ।

कुल ४३५.५ किलोमिटर लामो रेलमार्ग सिचुआन–तिब्बत रेल्वेमातहत सञ्चालनमा ल्याइएको हो । चिनियाँ कम्युनिस्ट पार्टीले जुलाई १ मा आफ्नो स्थापनाको १००औं वर्षगाँठ मनाउन लागेका बेलामा तिब्बतमा बुलेट रेल सञ्चालन गर्नुलाई महत्त्वपूर्ण उपलब्धिका रुपमा हेरिएको छ ।

chainarail2.jpg

उक्त विद्युतीय रेल १६० किलोमिटर प्रतिघण्टाको गतिमा गुड्ने पनि सिन्ह्वाले जनाएको छ । निङची तिब्बतको प्रमुख पर्यटकीय गन्तव्य हो । रेलमार्गको ९० प्रतिशत हिस्सा समुद्री सतहदेखि ३ हजार मिटरको उचाइमा रहेको सीजीटीएनले जनाएको छ । सबैभन्दा बढी ५१०० मिटरसम्मको उचाइमा रेलमार्ग रहेको छ । रेलमा अक्सिजनको पनि व्यवस्था गरिएको छ । ल्हासादेखि निङ्चीसम्म विभिन्न स्थानमा गरी ९ ठाउँमा रेल्वे स्टेसन रहेका छन् ।

गत नोभेम्बरमा चिनियाँ राष्ट्रपति सी चिनफिङले तिब्बतमा नयाँ रेल योजनाका बारेमा निर्देशन दिएका थिए । नयाँ रेलमार्गले तिब्बतको अर्थतन्त्र उकास्न सहयोग पुग्ने बताइएको छ ।