शनिबार, आश्विन १७ गते २०८३

प्रतिनिधि सभा सदस्य निर्वाचनको लागि उत्साहजनक उम्मेदवारीः आयोग

माघ ७, २०८२ बुधबार
प्रतिनिधि सभा सदस्य निर्वाचनको लागि उत्साहजनक उम्मेदवारीः आयोग

 आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका बलागि उम्मेदवारी दर्ता उत्साहजनक देखिएको छ। निर्वाचन आयोगका अनुसार दल दर्ता गराएका ६८ राजनीतिक दलका २,२९७ जनासहित स्वतन्त्र उम्मेदवारसमेत गरी कुल ३,४८४ जनाले उम्मेदवारी दर्ता गरेका छन्।

प्रारम्भिक विवरण भएकाले यसमा केही घटबढ हुन सक्ने आयोगले जनाएको छ। आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले सम्बन्धित कार्यालयबाट थप रुजु भएपछि सङ्ख्यामा सामान्य परिवर्तन हुन सक्ने जानकारी दिनुभयो। “अहिले सार्वजनिक सूची प्रारम्भिक हो, जाँचबुझपछि केही फेरबदल हुन सक्छ,” उनले भने । महिला उम्मेदवार ३९५ कुल उम्मेदवारमध्ये ३९५ महिला, ३,०८८ पुरुष र एक जना अन्य रहेका छन्।

यस पटक स्वतन्त्र उम्मेदवारको संख्या १,१८७ पुगेको छ, जसमध्ये १,०२४ जना पुरुष छन्। उमेर समूहगत रूपमा ३६ देखि ५० वर्ष समूहका उम्मेदवारको वर्चस्व देखिएको छ। आयोगका तथ्याङ्क अनुसार २५–३५ वर्षका ५८३, ३६–५० वर्षका १,६१०, ५१–६५ वर्षका १,०९० र ६५ वर्षमाथिका २०१ जना उम्मेदवार रहेका छन्। जिल्लागत रूपमा सबैभन्दा कम उम्मेदवारी मुस्ताङमा चार र मनाङमा पाँच जनाको परेको छ। रुपन्देहीका दुई निर्वाचन क्षेत्रमा सबैभन्दा बढी ३५–३५ जनाको मनोनयन दर्ता भएबको छ।
  

  • सम्बन्धित विषय:

  • # नेपालपत्र संवाददाता