शहबाज खान/कपिलवस्तु
कृष्णनगर नगरपालिकाको छैठौ नगरसभाको विरोध गर्दै जनप्रतिनिधिहरुले प्रेस विज्ञप्ति जारी गरेका छन्।
उक्त प्रेस विज्ञप्तिमा कृष्णनगर नगरपालिकाको नगरसभामा नीति तथा कार्यक्रम पेश गर्ने अधिकार नगर उपप्रमुखको हुनु पर्ने तर उहालाई पेश गर्नबाट वञ्चित गरिएको व्यवहोरा अवगत गराउदै एकलाैटी र मनाेमानी ढंगले नीति कार्यक्रम पेश गरिएको प्रति घोर विरोध गर्दछौ भनिएकाे छ ।साथै आय व्यय/जिन्सी समेतको जाचबुझ पेश गर्ने समितिलाई आर्थिक गतिविधिको बारेमा समेत जानकारी नगराएकाले प्रतिवेदन पेश गर्न सकिएन । साथै नगरपरिषदको उपस्थित रजिस्टरमा हास्ताक्षर समेत गर्न बाट वञ्चित गराउन खोजिएकोप्रति घोर निन्दा गर्दै एकलौटी मनमानी ढंगले प्रस्तुत गरिएको कृष्णनगर नगरपालिकाको नीति कार्यक्रम स्थगन गरी वृहत छलफल पछि मात्र प्रस्तुत गर्न सम्बन्धित सबै सरोकार वालासंग जोडदार मांग गर्दछौ भन्ने हिजाे प्रकाशित बिज्ञप्तिमा उल्लेख छ

कृष्णनगर कार्यपालिका बोर्डले २०७८/०२/२७ गतेको दिन आ.व.०७७/०७८ को आय व्यय/जिन्सी समेत जाचबुझ गरि २०७८/०३/०४ गते नगरप्रमुख समक्ष प्रतिवेदन पेश गर्ने गरी ३ सदस्यीय समिति गठन गरेर समितिका संयोजक देवानन्द शुक्ला, सदस्य नुर मोहम्मद मुसलमान घनश्याम बनियालाई जिम्मा दिएका थिए।
समितिका संयोजक देवानन्द शुक्ला अनुसार कार्यपालिका बोर्डले निर्णय गरि जिम्मा हामी लाई दियो तर उक्त आय व्यय/जिन्सी समेतको जाचबुझ गर्नाको लागि पटक पटक मौखिक रुपामा सम्बन्धित निकायलाई ताकेत गराउदा गराउदै पनि समयमा कुनै हर हिसाब नदिएको कारणले हामी असार ४ गते नगरप्रमुख समक्ष प्रतिवेदन पेश गर्न सकेनाै र असार ९ गतेका दिन यस सम्बन्धमा दर्ता नं.५६३२को निवेदन सम्बन्धित निकायमा दर्ता गरी ०७७/०७८को आय व्यय /जिन्सी समेतको जाचबुझ हर हिसाब नपाएको कारणले हामीले प्रतिवेदन पनि पेश गरेको छैन र ०७८/०७९ को नगरसभा सम्बन्धि कुनै पनि प्रक्रिया अगाडी नबढाउने अनुरोध हामी तीन सदस्यीय समितिले लिखित रुपमा गर्दै गर्दा पनि ०७७/०७८ को हर हिसाब नदेखाई मनमानी ढंगले नगरसभा सम्पन्न गरेको आरोप लगाएकाे छ।

नगरसभाको विरोध गर्दै जारी गरेको प्रेस विज्ञप्ति नगर उपप्रमुख शबनम खातुन,८न.वडाध्यक्ष नुर मोहम्मद मुसलमान,६न.वडाध्यक्ष देवानन्द शुक्ला,११न.वडाध्यक्ष फग्गु मुराउ,४न.वडाध्यक्ष घनश्याम बनिया,१०न.वडासदस्य मुर्तजा मुस्लमान,११न.वडासदस्य हबीबुल खांको हस्ताक्षरमा रहेको छ।