सामूहिक बचत तथा ऋण सहकारी संस्था लि.ले साविक बुद्ध साकोस र साविक समता साकोससंगको एकीकरण पश्चात हिजो संस्थाको २३औँ वार्षिक तथा एकीकृृत साधारण सभा संस्थाका अध्यक्ष धनेशराज राजोपाध्यायको सभापतित्वमा सम्पन्न गरेको छ ।
नेफ्स्कूनका अध्यक्ष परितोष पौड्यालको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा जिल्ला सहकारी संघ लि. भक्तपुरका संचालक सहना पसखल, भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लि.का संचालक कृष्णेश्वरी प्रजापति र संस्थापक अध्यक्ष श्याम प्रसाद मुनंकर्मी अतिथि रहेको थिए । कार्यक्रममा संस्थाका उपाध्यक्ष राजाभाई भेलेले उपस्थित सम्पूर्णलाई स्वागत गरेका थिए ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि पौड्यालले विशेष गरी एक्सेस तथा प्रोवेशनमा सहभागी संस्थाहरुले विश्वको अर्थतन्त्रमा कस्तो परिवर्तनहरु भइरहेको छ ,सोको खोज तथा अनुसन्धान गर्दै सोही अनुसार अघि बढ्नका लागि आजैबाट तयारी गर्दै जानुपर्ने बताए ।
अतिथि कृष्णेश्वरी प्रजापतिले हरेक नागरीकले समुदायमा आधारित संस्थामा मात्र सदस्य बन्नुपर्ने र सहकारीको रकम सहकारीमा नै रहन दिनका लागि सहकारी संस्थाहरुले पनि सहकारी संघहरुमा बचत गर्नुपर्ने भनाई जनाईन ।त्यसैगरी अतिथि सहना पसखलले सहकारी संस्था र अन्य वित्तीय संस्था विचको भिन्नतालाई प्रष्ट पार्दै समुदायमा आधारित र समुदायकै व्यक्तिवाट नीति नियममा रही संचालित सहकारीमा सदस्य बन्नुपर्ने भनाई राखिन ।
उत्कृष्ट बचत कर्तामा सदस्य विश्वराम देशेमरु, असल ऋणीमा सदस्य मधुसुदनलाल होरा र आ.व. २०७७।०७८ का उत्कृष्ट कर्मचारीमा सुमनदास कारन्जितलाई प्रमुख अतिथि पौड्यालले सम्मान पत्र तथा पुरस्कार वितरण प्रदान गरेका थिए । पहिलो चरणको कार्यक्रम पश्चात मुख्य सत्रको कार्यक्रममा संस्थाका पदाधिकारीहरुवाट प्रस्तुत प्रतिवेदनहरुमा छलफल तथा अनुमोदन गरी पारित गरिएको छ । उक्त सभाबाट आ.व.२०७८।०७९ का लागि रु. ८५,४१,४३,००० को कुल कारोबार हुने बजेट पारित गरिएको संस्थाले जनाएको छ ।
तेश्रो चरण अन्तर्गतको निर्वाचन कार्यक्रममा निर्वाचन उपसमितिका संयोजक तथा संस्थाका कानूनी सल्लाहकार शशीचन्द्र मिश्रवाट एकीकरण पछिको एकीकृत साधारणसभामा आगामी २ वर्षका लागि निर्विरोध निर्वाचित १३ जना संचालक र ३ जना लेखा सुपरिवेक्षण समितिका पदाधिकारीहरुको अन्तिम नामावली घोषणा गरेका थिए । धनेशराज राजोपाध्याय अध्यक्ष, राजाभाई भेले उपाध्यक्ष, कृष्णहरि सैँजु सचिव, अशोकरत्न शाक्य कोषाध्यक्ष गरि जम्मा १३ जनाको संचालक समिति र नित्यनाथ श्रेष्ठको संयोजकत्वमा ३ सदस्यीय लेखासुपरीवेक्षण समितिलाई आगामी २ वर्षका लागि निर्वाचित भएकोमा बधाई दिँदै सामूहिक रुपमा शपथ ग्रहण गराई मिश्रले निर्वाचन कार्यक्रम समापन गराएका छन ।