शहबाज खान/कपिलवस्तु,
लुम्बिनी प्रदेशका भाैतिक याेजना तथा पूर्वाधार मन्त्री सन्ताेष पाण्डेयले हिजाे एक कार्यक्रमका बीच कृष्णनगरमा बिन सडकको पुल उद्घाटन गरेका छन्। कृष्णनगर नगरपालिकाले निर्माण गरेकाे वडा १ मा पर्ने घाेरही नदीकाे पुललाई लुम्बिनी प्रदेशका भाैतिक याेजना तथा पुर्वाधार मन्त्री संताेष पाण्डेयले उद्घाटन गरेका हुन् ।
आर्थिक बर्ष ०७६/७७ मा बजेट विनियाेजन गरि नगरपालिकाकाे छितुहनी, सिसहनिया लगायतका आधा दर्जन गाउँलाई मूख्य बजारसँग जाेड्ने घाेरही नालाकाे पुल निर्माण गरिएको थियो। पुल निर्माण भए पनि सड़क नभएकोले गाउबाट पुलसम्म पुग्न समस्या देखिएकाे छ। पुल निर्माण भएपछि स्थानीय बीच खुशीको माहोल रहे पनि सड़क नभएकोले चिन्तित भएका छन् ।

गाउलाई जोड़ने सड़क छैन पुलसम्म कसरी पुग्ने भनी स्थानीयहरुले प्रश्न गरेका छन्। स्थनीयहरु भन्छन जसरी नगर प्रमुख रजत प्रताप शाहले हाम्रो समस्या बुझी पुल निर्माण गरेका छन् त्यस्तै नै पुलबाट गाउसम्म जोड़ने सड़क निर्माण भए सराहनीय हुन थियो। उद्धघाटन कार्यक्रममा मन्त्री पाण्डेयले याे पुल निर्माण नगरपालिकाले गरेकाे छ अब बाटाे उनले बनाईदिने प्रतिवद्धता जनाएका छन्