सोमबार, कार्तिक १० गते २०८३

चम्किला तारा साकोसको आयोजनामा  रक्तदान कार्यक्रम,५३ जनाद्वारा रक्तदान

आश्विन २१, २०७८ बिहीबार
चम्किला तारा साकोसको आयोजनामा  रक्तदान कार्यक्रम,५३ जनाद्वारा रक्तदान

 

सतुंगलस्थित चम्किला तारा साकोसद्वारा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । विगत ७ हप्तादेखि सकभर हरेक बुधवार रक्तदान कार्यक्रम गर्ने गरि ब्लोदान र कास्कुनको संयोजनमा संचालित रक्तदान कार्यक्रम निरन्तर भइरहेको छ । विरामीले आवश्यक पर्दा तत्काल रगत नपाउने अवस्था अझै कायम रहेको र विरामीका आफन्तले रगतका लागि भौतारिनु पर्ने वाध्यतालाई केहि भए पनि कम गर्ने पवित्र मनासायले शुरु भएको यस रक्तदान कार्यक्रमलाई सहकारी क्षेत्रले सामाजीक योगदानको रुपमा अगाडि बढाउनु आवश्यक रहेको रक्तदानमा लाग्ने अभियन्ताहरुको धारणा छ । यसैलाई मध्यनजर गर्दै शुरु गरिएको कार्यक्रममा चम्किाला तारा साकोसले  प्रथम पटक रक्तदान आयोजना गरेको हो । 

हरियाली फुटकोर्ट बैंक्वेटमा गरिएको उक्त कार्यक्रममा विशिष्ट अतिथिका रुपमा  व्लोदान केन्द्रका अध्यक्ष इन्जिनियर सानुबावु प्रजापतीले संस्थालाई रक्तदान जस्तो अत्यन्तै महत्वपुर्ण मानविय कार्यक्रम शुरु गरेकोमा वधाई दिदै आगामी दिनमा यसको निरन्तरताको अपेक्षा गरे । विरामीलाई रगतको आवश्यक पर्दा उपलव्ध गराउन सकिएन भने कुनै औषधिले बचाउन नसकिने भन्दै स्वस्थ्य मानिसले मात्रै रक्तदान गर्न सक्ने भएकाले इच्छाले मात्रै सम्भव नभएको विचार राखे । रगतको अभावका कारण मानीसलाई मृत्युबाट बचाउन रक्तदान सम्वन्धि जनचेतनामुलक कार्यक्रम आवश्यक रहेको भन्दै ब्लोदान सदैव उत्प्रेरणाको कार्यक्रमका लागि तत्पर रहेको हुँदा संस्थाले चाहेको बखत कार्यक्रम संचालन गर्न सकिने र आफुले सहयोग गर्ने उनले  बताए । 

cham1.jpg

अर्का अतिथि ब्लोदानका केन्द्रिय सदस्य भोला नाथ पाठकले मानविय कार्यमा संस्थाले अग्रसरता देखाएकोमा खुसी व्यक्त गरे। महिलाद्वारा संचालीत साकोसले भव्य संयोजनका साथ यसरी कार्यक्रम गरेकोप्रति धन्यवाद व्यक्त गर्दै अरु संस्थाका लागि समेत अनुकरणिय रहेको पाठकले बताए ।