शनिबार, आश्विन १७ गते २०८३

आयाम साकोसको १२ औं साधारण सभाबाट अध्यक्षमा पुनः नवराज घोरसाइने चयन

आश्विन १९, २०७८ मंगलबार
आयाम साकोसको १२ औं साधारण सभाबाट अध्यक्षमा पुनः नवराज घोरसाइने चयन

 बनेपामा केन्द्रीय कार्यालय रहेको आयाम बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १२ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । सभाबाट संस्थाको अध्यक्षमा नवराज घोरसाईने चयन भएका छन । त्यसैगरी संस्थाको उपाध्यक्ष श्याम थापा, सचिव डम्बरबहादुर लम्साल, कोषाध्यक्षमा सुनिल चौलागाई र सदस्यहरुमा सम्झना थापा, रशिला थापा, देवनारायण तिमल्सिना साथै लेखा तथा सुपरिवेक्षण समितिको संयोजकमा बिनोद बजगाँई, सदस्यहश्रमा अनुमिका पाण्डे, विष्णुप्रसाद नराल निर्वाचित भएका छन ।
संस्थाको आ.व. २०७७७८ कुल शेयर पूँजी १ करोड २५ लाख ५१ हजार र कुल कारोबार १५ करोड ३८ लाख १६ हजार  रहेको छ ।संस्थाले गत आबमा ३०५ जना शेयर सदस्यलाई ऋण लगानी गरेको बताएको छ । संस्थाको आ.व. २०७७/७८ मा सम्पत्ती  ४५ दशमलब ९३ प्रतिशतले वृद्धि भएको छ ।
साकोसले बनेपा, पाँचखाल र नमोबुद्धबाट आफ्ना शेयर सदस्यहरुलाई सेवा दिदै आएको छ । साधारण सभा असोज १३ गतेदेखि १६ गते सञ्चालन गरिएको थियो ।

संस्थाले सामाजिक उत्तरदायित्व वहन गर्दै विभिन्न क्रियाकलाप सञ्चालन गर्दै आएको छ । सरस्वती पुजाको दिन बाल सदस्यहरुलाई स्टेशनरी सामाग्री वितरण गरेको थियो । संस्थाको बाह्रौ बार्षिक उत्सवको अवसरमा पलाञ्चोक भगवतीको मन्दिर सरसफाई गरि ६ वटा डस्विन उपलब्ध गराएको थियो । गत आर्थिक बर्षमा ३२ जनालाई राहत सुबिधा प्रदान गरेको थियो, मृत्यु राहत २ जनालाई, पारिवारिक मृत्यु समवेदना राहत ५ जनालाई, सदस्य सुत्केरी राहत १२ जनालाई, सदस्य सुत्केरी राहत ९शल्यक्रिया० ५ जनालाई, सदस्य स्वास्थ्य उपचार राहत ५ जनालाई, सदस्य स्वास्थ्य शल्यक्रिया उपचार राहत ३ जनालाई प्रदान गरिएको थियो ।