बनेपामा केन्द्रीय कार्यालय रहेको युवा बचत तथा ऋण सहकारी संस्थाले २३ औ वार्षिक साधारण सभा तथा २५ औ वार्षिक उत्सव सम्पन्न गरेको छ ।
संस्थाका अध्यक्ष उदयराम कायस्थको सभापतित्वमा भएको कार्यक्रममा बनेपा नगरपालिकाका वरिष्ठ राजश्व अधिकृत ध्रुवराज नेपाल प्रमुख अतिथि रहेका थिए ।
कार्यक्रममा संस्थाको २५ औं स्थापना दिवसको अवसरमा निर्मित संस्था सम्बन्धी वृत्तचित्र पनि प्रस्तुत गरिएको थियो । सोही अवसरमा संस्थाले आफ्ना सदस्यहरूमध्येबाट उत्कृष्ट कारोबारकर्ता, उत्कृष्ट मासिक बचतकर्ता, उत्कृष्ट बाल बचतकर्ता, उत्कृष्ट ऋणी लगायतलाई सम्मान पनि गरेको थियो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि ध्रुवराज नेपालले युवा साकोसले सहकारी ऐन, नियमको पूर्ण पालना गरी आफ्ना सदस्यहरूको सेवा गरिरहेको संस्थाको वार्षिक प्रतिवेदनबाट प्रष्ट हुने बताए ।
संस्थाका अध्यक्ष उदयराम कायस्थले २५ औ बसन्तसम्म संस्थालाई ल्याउन योगदान दिनुहुने सम्पूणर्मा आभार व्यक्त गरे ।
त्यसैगरी युवा साकोस र स्याउरिदेवी बहुउद्देश्यीय सहकारी संस्थाबीच एकीकरणका लागि संयुक्त साधारण सभा पनि सम्पन्न भएको छ । काभ्रे जिल्लाको तेमाल गाउपालिका तथा रोशी गाउपालिका कार्यक्षेत्र रहेको स्याउरिदेवी बहुउद्देश्यीय सहकारी संस्था र काभ्रे जिल्लाभरि कार्यक्षेत्र रहेको युवा साकोस बीच एकीकरण हुँदै छ । संयुक्त साधारण सभामा बोल्दै युवा साकोसका सचिव सरोज कुमार तिमल्सेनाले दुवै संस्थाका सदस्यहरूलाई अझ धेरै सुविधा दिलाउनका लागि एकीकरण गर्न लागिएको बताए । त्यसैगरी स्याउरिदेवी बहुउद्देश्यीय सहकारीका अध्यक्ष यज्ञप्रसाद पन्तले एकीकरणले दुवै संस्थालाई अझ मजबुत बनाउनेमा आफु विस्वस्त रहेको जनाए।