शनिबार, आश्विन १७ गते २०८३

काठमाडौं महानगरपालिकाले १८ अर्ब ९५ करोडको ल्यायो बजेट 

आषाढ १०, २०७८ बिहीबार
काठमाडौं महानगरपालिकाले १८ अर्ब ९५ करोडको ल्यायो बजेट 

 
काठमाडौं महानगरपालिकाले आर्थिक वर्ष २०७८७९ का लागि १८ अर्ब ९५ करोड ७७ लाख १२ हजार रुपैयाँको बजेट ल्याएको छ। महानगरकी उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठले नगर सभाको नवौं अधिवेशनमाआगामी आवको बजेट प्रस्तुत गर्दै स्थानीय सरकार सञ्चालन ऐन–२०७४ ले निर्धारण गरेको काम, कर्तव्य, अधिकार र २०७८ असार ६ गते पारित नीति तथा कार्यक्रमलाई मूर्तरूप दिने गरी बजेट ल्याएको बताएकी छन्। 

बजेटमा कार्यालय सञ्चालन तथा प्रशासनिक क्षेत्रतर्फ तीन अर्ब ७५ करोड ७७ लाख, आर्थिक विकास क्षेत्रतर्फ ५५ करोड, सामाजिक विकासतर्फ दुई अर्ब ७० करोड, पूर्वाधार विकासतर्फ १० अर्ब ८० करोड र सुशासन तथा अन्तरसम्बन्धित क्षेत्रतर्फ एक अर्ब १५ करोड प्रस्ताव गरिएको छ।  महानगरपालिकाले आगामी आर्थिक वर्षमा महानगरबासीका लागि नेपाल सरकारको स्वास्थ्य बीमा कार्यक्रममा ५० प्रतिशत बीमा शुल्क व्यहोर्न गरी बजेट विनियोजन गरेको छ।