शनिबार, कार्तिक ८ गते २०८३

बुडोल सामुदायिक साकोसद्धारा १८९ ज्येष्ठ सदस्यलाई सम्मान

आश्विन १५, २०७८ शुक्रबार
बुडोल सामुदायिक साकोसद्धारा  १८९ ज्येष्ठ सदस्यलाई सम्मान

 बुडोल सामुदायिक बचत तथा ऋण सहकारी संस्थाले ज्येष्ठ नागरिक सदस्यहरुलाई सम्मान गरेको छ । संस्थाले अन्तर्राष्टिय ज्येष्ठ नागरिक दिवसको अवसर पारेर संस्थामा सम्मान गरेको हो ।

संस्थामा आवद्ध ७५ वर्ष उमेर पूरा भएका १८९ जना ज्येष्ठ सदस्यहरुलाई संस्थाले सम्मान गरेको छ । संस्थाको को मुख्य कार्यालय र सेवा केन्द्र कार्यालयमार्फत सदस्यहरुलाई ऊनीको पछ्यौरा, हट वाटर ब्याग, बिस्कुट र ३ सय रुपैया नगदसहित सम्मान गरेको हो  ।

कार्यालयसम्म आउन नसक्ने सदस्यलाई संस्थाका प्रतिनिधिले घर घरमै पुगेर सम्मान गरेको संस्थाका प्रमुख कार्यकारी अधिकृत बिबेकराज ठकुरीले जानकारी दिए ।

संस्थाको महिला तथा सामाजिक साँस्कृतिक उपसमितिको आयोजना र ब्यवस्थापनमा संचालित कार्यक्रममा संचालक समिति, लेखा समिति, सल्लाहकार, सेवा केन्द्र ब्यवस्थापन उपसमिति र कर्मचारीहरूको सहभागिता रहेको थियो ।

संस्थाले विगत १८ वर्षदेखि संस्थाको वार्षिक कार्यक्रममा बजेट छुट्याएर ज्येष्ठ नागरिकहरुलाई सम्मान कार्यक्रम आयोजना गरी सम्मान गर्दै आईरहेको प्रमुख ठकुरीले बताए ।