शनिबार, आश्विन १७ गते २०८३

खुशी खुशी साकोस र स्टार हस्पिटलबीच संम्झाैता, सदस्यको स्वास्थ्य परिक्षणमा विशेषा छुट

आश्विन १३, २०७८ बुधबार
खुशी खुशी साकोस र स्टार हस्पिटलबीच संम्झाैता, सदस्यको स्वास्थ्य परिक्षणमा विशेषा छुट


खुसी खुसी बचत तथा ऋण  सहकारी संस्था र स्टार हस्पिटल सानेपाबीच सम्झौता भएको छ । दुई संस्थाबीच भएको सम्झौता अनुसार सहकारीका सदस्यले  आगामी ३ बर्षसम्म स्वास्थ्य सेवामा छुट, स्वास्थ्य जाँच तथा परामर्श एवं स्वास्थ्य बीमा लगायतको सुबिधा पाउने भएका छन् । सम्झौतापत्रमा संस्थाका अध्यक्ष बटुकृष्ण थापा र हस्पिटलका कार्यकारी अध्यक्ष किशाेर महर्जनले हस्ताक्षर गरेका छन् ।  

संस्थामा ५६०० सदस्य रहेपनि ५० हजार माथि शेयर खरिद गरेका ३३३ जना सदस्यले पहिलाे चरणमा उक्त सुविधा पाउने अध्यक्ष थापाले बताए । सम्झाैता अनुसार सदस्यहरू बिरामी भइ उपचारका लागि हस्पिटल भर्ना हुँदा बेड शुल्कमा २० प्रतिशत, विभिन्न ल्याब टेष्टमा १० देखि १५ प्रतिशत र हस्पिटलकाे फार्मेसीबाट औषधी खरिद गर्दा छुट पाउने भएका छन् । 

हाम्राे सराेकार सदस्यहरूकाे स्वस्थ जीवन र सुखी परिवार अन्तर्गत खुशी खुशी हेल्थ प्याकेज सञ्चालनमा ल्याएकाे उनले जनाए । त्यसबाहेक संस्थाले सदस्य हितकाेषमार्फत सबै सदस्यहरूलाइ भैपरी आउँदा, विरामी पर्दा ५ हजारदेखि ४० हजारसम्म आर्थिक सहयाेग गर्दै आएकाे उनले बताए । 

khusi 1.jpg

सम्झाैतासँगै सदस्यहरुको आजबाट निःशुल्क होलबडी चेकअप कार्यक्रम  सुरु भएको छ । दैनिक ३० सदस्यको  मुटु, किड्नी, थाइराइड, सुगर, एक्सरे,  भिडियो एक्सरे लगायत विभिन्न जाँच गरिनेछ । सदस्यहरुको स्वास्थ्य जाँच पछी सन्स्थाको कार्यालयमा नै ४ जना विभिन्न रोगका विशेषज्ञ डाक्टरहरु गएर परामर्श सेवा उप्लब्ध गराइने समेत उनले बताए । सदस्य स्वास्थ्यको  चासोलाई सम्बोधन हुने गरि हेल्थ प्याकेज स्टार हस्पिटलले दिएकाे जनाएको छ ।

हस्पिटलले उपलब्ध गराउने सेवा र सोका लागि चाहिने संस्थाको कार्ड छिटो भन्दा छिटाे उपल्ब्ध गराइने उनले जानकारी दिए । सदस्यको सेवामा निरन्तर लागि परेको उक्त संस्थाले    सदस्यहरुको स्वस्थ जीवन र सुखी परिवारलाई ध्यानमा राखेर यो सम्झौता गरेको उनले जनाए ।

त्यसैगरी स्टार इन्स्याेरेन्सका बारेमा पनि छलफल भइरहेकाे र दाेश्राे चरणमा उक्त सुविधा थप गरिने अध्यक्ष थापाले बताए ।संस्थाले गएकाे असार मसान्तसम्म ५२ कराेडको हाराहारीमा कुल काराेबार पुर्याएकाे छ ।