डाइनामिक युवा बचत तथा ऋण सहकारी संस्थाले १३औं वार्षिक साधारण सभा सम्पन्न गरेको छ ।
सभाका प्रमुख अतिथि बनेपा नगरपालिका वडा नम्बर ३ का अध्यक्ष कृष्ण प्रसाद दाहालले सहकारीले बचतऋणको मात्र काम नगरी सदस्यहरुको आय स्तर उकास्न सामुहिक लगानी गर्नुपर्नेमा जोड दिए । कृषि क्षेत्रमा विशेष लगानी र सुविधा प्रदान गरी सदस्यहरुको आवश्यकता अनुसार सहकारी नीति बनाइनुपर्ने उनको भनाई थियो । नगरपालिकाले बनाएको सहकारी ऐन र नीतिअनुसार संस्था सञ्चालन गर्न सुझाव दिँदै दाहालले एकदुईवटा संस्थाको कमीकमजोरीका कारण सहकारी क्षेत्र बदनाम भइरहेको बताए ।
सभामा पनौती नगरपालिकाका पशुपंक्षी शाखाप्रमुख मणिप्रसाद सापकोटा, संस्थका सल्लाहकार विदुर सिग्देल, भिष्म प्रसाद बजगाईं, किशोर बजगाईं र इबनारायण दाहालले शुभकामना दिएका थिए ।
सभामा सचिव उपेन्द्र दाहालले संस्थाको आर्थिक वर्ष २०७७।०७८ वार्षिक प्रतिवेदन, कोषाध्यक्ष गौतम श्रेष्ठले आर्थिक प्रतिवेदन, संयोजक भुवन श्रेष्ठले लेखा सुपरीवेक्षण समितिको प्रतिवेदन प्रस्तुत गरेका थिए ।
गत आवको अन्त्यसम्ममा संस्थाको कुल शेयर १ करोड ६९ लाख २९ हजार पुगेको छ भने संस्थाको बचत संकलन १५ करोड ४४ लाख, कर्जा लगानी १९ करोड ७३ लाख र कुल कारोबार २४ करोड ९३ लाख पुगेको छ ।
सभाका सभापति तथा संस्थाका अध्यक्ष माधव सिग्देलले संस्थाले कोभिड १९ मध्यनजर गरी सदस्यहरुलाई सकेसम्म आवश्यक सेवासुविधा उपलब्ध गराउँदै आएको जनाए । संस्थाले समयसापेक्ष प्रविधिको प्रयोग गरी सदस्यहरुलाई आयमूलक क्षेत्रमा कर्जा लगानी गर्दै आएको उल्लेख गरे ।
