शनिबार, आश्विन १७ गते २०८३

माउण्ट धौलागिरी बहुउद्देश्यीय सहकारीको साधारणसभा सम्पन्न, अध्यक्षमा पुनः गोविन्दप्रसाद शर्मा चयन

आश्विन १०, २०७८ आइतबार
माउण्ट धौलागिरी बहुउद्देश्यीय सहकारीको साधारणसभा सम्पन्न, अध्यक्षमा पुनः गोविन्दप्रसाद शर्मा चयन

काठमाडौंको रिङरोड ढुङ्गेधारा स्थित अन्नपूर्ण चोकमा रहेको माउण्ट धौलागिरी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको २२औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले गोविन्दप्रसाद शर्मा अध्यक्षमा, एक नारायण उपाध्याय सचिवमा पुनः चयन गरेको छ । संस्थाको सभा सोही स्थानमा रहेको आफ्नै भवनको सभा हलमा सञ्चालन भएको थियो । सभाले गोविन्दप्रसाद शर्माको अध्यक्षतामा सर्बसम्मत रुपमा चयन सञ्चालक समिति चयन भएको थियो । त्यसैगरी सभाले युद्धविलास न्यौपानेको संयोजकत्वमा लेखा सुपरीवेक्षण समिति चयन गरेको छ ।
शर्मा अध्यक्ष रहेको सो सञ्चालक समितिको सचिवमा एकनारायण उपाध्याय तथा संचालक सदस्यहरुमा ज्ञानेन्द्र आचार्य , सरस्वतीकुमारी शर्मा (सापकोटा), भक्तराज भुषाल, योगिता प्रधान श्रेष्ठ र रविप्रसाद फुँयाललाई चयन गरेको छ । त्यस्तै युद्धविलाश न्यौपानेको संयोजकत्वमा सञ्चालित लेखा सुपरीवेक्षण समितिको सदस्यमा राजेन्द्र क्षेत्री र माया थापा क्षेत्री रहेका छन् । उक्त सञ्चालक समिति र लेखा सुपरीवेक्षण समितिका नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई उक्त संस्थाका पूर्वअध्यक्ष प्रा तिलकबहादुर कुँवरले खाँदा र माला लगाएर बधाई ज्ञापन गरेका थिए । 
संस्थाका अध्यक्ष गोविन्दप्रसाद शर्माले अध्यक्षता, सचिव एकनारायण उपाध्यायले सञ्चालन र सञ्चालक राजेन्द्र बोहोराले स्वागत मन्तव्य व्यक्त गरेका उक्त साधारणसभामा नेपाल सरकार, कृषि तथा पशुपङ्छी विकास मन्त्रालयका सचिव गोविन्दप्रसाद शर्मा आचार्यले पानसमा दिप प्रज्वलन गरी उद्घाटन गरेका थिए ।