शनिबार, आश्विन १७ गते २०८३

साधारणसभा सम्बन्धी नयाँ निर्देशन: अब सदस्यको उपस्थितिमा नै साधारणसभा गर्नुपर्ने

आश्विन १०, २०७८ आइतबार
साधारणसभा सम्बन्धी नयाँ निर्देशन: अब सदस्यको उपस्थितिमा नै साधारणसभा गर्नुपर्ने


सहकारी विभागले कोभिड १९ महामारीको जोखिम कम हुँदै गएको र सरकारले निषेधाज्ञासमेत हटाएकोले प्रचलित कानुन बमोजिम साधारणसभा गर्न निर्देशन गरेको छ ।

विभागले २०७८ अशोज ८ गते सूचना जारी सूचना पूर्व साधारणसभाको मिति तय गरिसकेका संस्थाहरुको हकमा भने विद्युतीय माध्यमबाट सभा गर्न सक्ने उल्लेख गरेको छ । यसपछि भने संस्थाहरुले सहकारी ऐन २०७४ र नियमावली ०७५ तथा साधारणसभा कार्यविधि २०७६ र प्रचलित कानुनबमोजिम साधारणसभा गर्न विभागले निर्देशन गरेको छ । 

यस अघि २०७७ आश्विन १ गते विभागले साधारणसभा सम्बन्धी मार्गनिर्देशन जारी गर्दै कोभिड १९ संक्रमणका बेला प्रतिनिधिमूलक र विद्युतीय माध्यमबाट साधारण सभा गर्न सक्ने सुविधा सहकारी संघसंस्थालाई दिएको थियो ।

suchana.jpg