काठमाडौंको नागार्जुन नगरपालिकामा रहेको श्री वीर भगवती बचत तथा ऋण सहकारी संस्थाले नेफ्स्कूनकास्कून साझेदारी अन्तर्गतको जोखिममा आधारित साकोस सुपरीवेक्षण कार्यक्रम कर्वसमा आगामी एक वर्षका लागि सम्झौता गरेको छ ।
कास्कूनकी कार्यक्रम अधिकृत सविना न्यौपाने , नेफ्स्कूनकी कार्यक्रम अधिकृत सोविता मैनाली र वरिष्ठ सहायक मनोहर आचार्य तथा श्री वीर भगवती साकोसका अध्यक्ष शिवबहादुर तामाङ र व्यवस्थापक नवीनकुमार लामा लगायतको उपस्थितिमा सोही संस्थाको कार्यालयमा उक्त सम्झौता भएको हो ।
बजारमा रहेका कतिपय सहकारीहरु जोखिममा रहेका बेला यो कार्यक्रमले संस्थालाई जोखिम रहित र सुरक्षित तबरले सञ्चालन गर्न सहयोग पुग्ने व्यवस्थापक लामाले बताए । संस्था सञ्चालनका लागि आबश्यक गाईड लाइनका साथै प्राबिधिक सहयोग समेत कास्कूनले उपलब्ध गराउने उनले जनाए ।