आइतबार, आश्विन १८ गते २०८३

राष्ट्रिय वाणिज्य बैंकको ऋणपत्र  स्टक एक्सचेञ्जमा सुचिकृत

भाद्र २८, २०७८ सोमबार
राष्ट्रिय वाणिज्य बैंकको ऋणपत्र  स्टक एक्सचेञ्जमा सुचिकृत

 

राष्ट्रिय वाणिज्य बैंकको आरबिबिएल डिवेञ्चर २०८३ नामको ऋणपत्र नेपाल स्टक एक्सचेञ्जमा कारोवार हुन सक्ने गरी  सूचीकरण गर्ने सम्झौता सम्पन्न भएको छ ।  उक्त सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत किरण कुमार श्रेष्ठ र नेपाल स्टक एक्सचेञ्ज लिमिटेडका निमित्त प्रमुख कार्यकारी अधिकृत निरन्जन फुयालले हस्ताक्षर गरेका छन  । 

बैंकले ६ वर्ष अवधि भएको वार्षिक ८.५० प्रतिशत ब्याजदरको कुल २ अर्ब ५० करोड रुपैंया मूल्य बराबरको ऋणपत्र बिक्री गत जेठ २८ गते देखि असार ८ गतेसम्म बिक्री गरेको थियो । यस ऋणपत्रको ब्याज अर्धवार्षिक रुपमा भुक्तानी गरिनेछ ।
उक्त सम्झौतापत्र आदानप्रदान कार्यक्रममा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत कविराज अधिकारी,उपकार्यकारी अधिकृतद्धय सरस्वती अधिकारी, देवेन्द्ररमण खनाल, विभागीय प्रमुख पवन रेग्मी, नेपाल स्टक एक्सचेञ्जका प्रविन पन्दाक, भेष लराज खनाल, आरविवि मर्चेन्ट बैंकिङ्ग लिमिटेडका प्रमुख कार्यकारी अधिकृत बद्रिप्रसाद प्याकुरेल लगायत कर्मचारीहरुकोे उपस्थिति रहेको थियो ।