शनिबार, आश्विन १७ गते २०८३

स्मार्ट च्वाईस टेक्नोलोजिसँगको सहकार्यमा शिव शिखर सहकारीले एटिएम सेवा ल्याउने

भाद्र २७, २०७८ आइतबार
स्मार्ट च्वाईस टेक्नोलोजिसँगको सहकार्यमा शिव शिखर सहकारीले एटिएम सेवा ल्याउने

 कौशलटारमा मुख्य कार्यालय रहेको शिव शिखर बहुउद्देश्यीय सहकारी संस्थाले एटिएम सेवा सुरु गर्ने भएको छ । एटिएम सेवा सुरु गर्न संस्थाले स्मार्ट च्वाईस टेक्नोलोजिसँग सम्झौता गरेको छ ।

अब शिव शिखर सहकारीका सदस्यहरुले एटिएम कार्डमार्फत सहज र सरल तरिकाले कारोबार गर्न सक्नेभएका हुन् । स्मार्ट च्वाईस टेक्नोलोजिले बैंकिङ टेक्नोलोजिको क्षेत्रमा एससिटी कार्ड मार्फत भुक्तानी सम्बन्धि कार्य गर्दै आएको छ ।

हाल यो संस्थामा १० वाणिज्य बैंकहरु सहित ७० भन्दा बढी बैंक तथा वित्तीय संस्था र करिब ५ सय सहकारी संस्थाहरु आवद्ध रहेका छन् ।

अन्तर्राष्ट्रिय नेटवर्क चाईना युनियन पेसँग सहकार्य गरी कोब्रान्डेड आधुनिक चिपमा आधारित डेबिट कार्ड समेत जारी गरेको छ । यस्तो डेबिट कार्ड भारतमा पनि सजिलै प्रयोग गर्न सकिने छ ।