काठमाडौं बचत तथा ऋण सहकारी संघ लि.(कास्कून)को आयोजना र नेफ्स्कूनको साझेदारीमा दुई दिवसीय लेखा व्यवस्थापन तालिम सम्पन्न भएको छ । भदौ १४ र १५ गते नेफ्स्कून फिल्ड कार्यालयको तालिम हल, चावहिल, काठमाण्डौंमा संचालित उक्त तालिममा २६ वटा संस्थाहरुबाट २७ जनाको सहभागिता रहेको थियो ।
तालिम नेफ्स्कून–कास्कून साझेदारी कार्यक्रम अन्तरगत कास्कूनको आयोजना र नेफ्स्कूनको साझेदारीमा संचालन भएको हो । काठमाडौं जिल्ला भित्र आधारभूत तथा मध्यम स्तरका तालिमहरु कास्कूनको आयोजनामा गर्ने साझेदारी सम्झौता अनुरुप संघले नियमित रुपमा कार्यक्रम संचालन गर्दै आईरहेको छ ।
तालिम समापन समारोह कास्कूनका सचिव सालिकराम पुडासैनीको अध्यक्षतामा सम्पन्न भएको थियो । कार्यक्रममा कास्कूनका संचालक तारानाथ सापकोटा, नेफ्स्कून फिल्ड कार्यालय चावहिलका ईन्चार्ज राधा पोखरेल लगायतको उपस्थिती रहेको थियो । समापन समारोहमा नेफ्स्कून फिल्ड कार्यालय चावहिलका ईन्चार्ज राधा पोखरेलले साझेदारी कार्यक्रम सदस्य संस्थाहरुको व्यवसायिक सफलता संग जोडिएको हुँदा सहभागीताका लागि अनुरोध गरिन ।
समापन समारोहका अध्यक्ष संघका सचिव साकोसहरुको व्यवसायिक क्षमता विकास गर्ने विषयगत तालिम तथा शिक्षाका कार्यक्रमहरु निरन्तर कास्कूनले आयोजना गर्दै आईरहेको बताए । कास्कूनले आगामी दिनहरुमा सदस्य संस्थाहरुको माग तथा आवश्यकताका आधारमा तालिम कार्यक्रमहरुको विकास गर्ने समेत जानकारी उनले दिए । साथै सहभागीहरुलाई आवश्यक पर्ने तालिमहरु कास्कूनका कार्यालयहरु मार्फत माग गर्न समेत अग्रह गर्दे तालिममा सिकेका कुराहरुलाई साकोसमा लागु गर्न अनुरोध गरे ।
कार्यक्रममा समापन समारोहका अध्यक्ष, अतिथि तथा सहजकर्ताहरुले संयुक्त रुपमा सहभागीहरुलाई प्रमाणपत्र वितरण गरेका थिए । दुई दिवसीय तालिमको सहजीकरण नेफ्स्कूनका वरिष्ठ तालिम अधिकृत बल्लभ तिमल्सिना गरेका थिए भने समापन समारोह संघका लेखा तथा प्रशासन सहायक अधिकृत लव सिंखडाले संचालन गरेका थिए ।