गोकर्णेश्वर ४, स्थित चिनारी बचत तथा ऋण सहकारी संस्थाले रक्तदान कार्यक्रम आयोजना गरेको छ । काठमाडौं बचत तथा ऋण सहकारी संघ लि.(कास्कून) र ब्लोदनका बिच सम्पन्न साझेदारी सम्झौता बमोजिम चालु आ.व.२०७८÷७९ मा सदस्य संस्थाहरु मार्फत वार्षिक रुपमा ५२ वटा रक्तदान कार्यक्रम आयोजना गर्ने कार्यक्रम अनुसार संस्थाले रतदानको आयोजना गरेको हो ।
विहान ९ बजेदेखि सुरु भएको कार्यक्रम ५६ जना रक्तदाताहरुले रक्तदान गरेका थिए । कार्यक्रमको मुल ब्यानर र रक्तदाताहरुका लागि प्रमाण पत्रको व्यवस्थापन कास्कूनले गरेको गियो । कार्यक्रम संस्थाका अध्यक्ष एवं नेफ्स्कूनका संचालक न्हुन्छेनारायण श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रमको उद्घाटन समारोह संस्थाका सचिव सीव श्रेष्ठले संचालन गरेका थिए ।
कार्यक्रममा कास्कूनका संचालक तारानाथ सापकोटा, कास्कूनका संचालक रीता श्रेष्ठ र कास्कून लेखा तथा प्रशासन सहायक अधिकृत लव सिंखडा, ब्लोदानका अध्यक्ष सानुबाबु प्रजाप्रती लगायतको उपस्थिती रहेको थियो । ब्लोदानका अध्यक्ष प्रजापतीले सबै भन्दा पुण्य काम रक्तदान गर्नु भएको बताए । रक्तदान कार्यक्रम आयोजना गरेकोमा संस्था र रक्तदाताहरुलाई धन्यवाद दिंदै जिल्लाका सबै साकोसहरुले समुदाय प्रति पनि योगदान गर्न उनले आग्रह गरे ।