बुधबार, भाद्र ३ गते २०८३

कीर्तिपुर र महेन्द्रनगरमा शिव शिखरको गार्डेन मार्ट सञ्चालनमा

भाद्र १४, २०७८ सोमबार
कीर्तिपुर र महेन्द्रनगरमा शिव शिखरको गार्डेन मार्ट सञ्चालनमा

भक्तपुरको कौशलटारमा मुख्य कार्यालय रहेको शिव शिखर बहुउद्देश्यीय सहकारी संस्थाले काठमाडौंको कीर्तिपुर र कञ्चनपुरको महेन्द्रनगरमा गार्डेन मार्ट डिपार्टमेन्टल स्टोर सञ्चालनमा ल्याएको छ । संस्थाको हरेक सेवा केन्द्रमा मार्ट सञ्चालन गर्ने उद्देश्य अनुरुप  दुईवटा मार्ट सञ्चालनमा ल्याएको हो ।

संस्थाले मुख्य कार्यालय र १४ वटा सेवा केन्द्रबाट सदस्यलाई सेवा प्रवाह गरिरहेको छ । संस्थाको हरेक सेवा केन्द्रमा मार्ट खोल्ने योजना अनुरुप तयारी भईरहेको संस्थाका सहायक मुख्य प्रबन्धक शिवप्रसाद पौडेलले जानकारी दिनुभयो ।

 कीर्तिपुर नगरपालिकाका मेयर रमेश महर्जनले किर्तिपुरको मार्ट उद्घाटन गरेका थिए । कार्यक्रममा मेयर महर्जनले मार्ट सञ्चालनपछि नगरबनसीलाई सहजता हुने बताए ।  यस्ता मार्ट खुल्दा कोही पनि नगरबासी ठगिनु नपर्ने उनको भनाइ थियो ।
कार्यक्रममा कीर्तिपुर नगरपालिकाका उप मेयर सरस्वती खड्का, संस्थाका सहायक मुख्य प्रबन्धक शिवप्रसाद पौडेल लगायतको उपस्थिति रहेको थियो ।


त्यस्तै महेन्द्रनगरमा पनि  मार्ट सञ्चालनमा आएको छ । सदस्य तथा स्थानियलाई सहजताको लागि मार्ट सञ्चालनमा ल्याएको संस्थामा महेन्द्रनगर सेवा केन्द्रका प्रबन्धक हेमराज जोशीले जानकारी दिए।
मार्ट सञ्चालनले रोजगारी सृजना, गुणस्तरीय दैनिक उपभोग्य वस्तु सुलभ मुल्यमा उपभोक्ताले पाउने उनले बताए ।