बुधबार, भाद्र ३ गते २०८३

एक लाख बढिले पाए सहुलियत कर्जा, महिला उद्यमीलाई मात्रै ५० अर्ब ९८ करोड

भाद्र ११, २०७८ शुक्रबार
एक लाख बढिले पाए सहुलियत कर्जा, महिला उद्यमीलाई मात्रै ५० अर्ब ९८ करोड


आर्थिक वर्ष २०७७र७८ मा कुल रु. १४८ अर्ब ७५ करोड पुनरकर्जा स्वीकृत  भएको छ । जस मध्ये गत असार मसान्तमा रु. १२२ अर्ब ७० करोड लगानीमा रहेका राष्ट्र बैंकले जनाएको  छ । गत असार मसान्तसम्ममा १ लाख ४ हजार १०९ ऋणीलाई सहुलियतपूर्ण कर्जा प्रवाह गरिएको राष्ट्रले जनाएको छ । 

जसमा १६१ अर्ब ४४ करोड कर्जा बक्यौता रहेको छ । यसमध्ये कृषि तथा पशुपंक्षी व्यवसाय कर्जा अन्तर्गत ४६ हजार ५७ ऋणीलाई प्रवाह भएको रु.१०६ अर्ब ९८ करोड कर्जा रहेको छ भने महिला उद्यमशील कर्जा अन्तर्गत ५५ हजार ५५१ महिला उद्यमीलाई प्रवाह भएको रु. ५० अर्ब ९८ करोड कर्जा रहेको छ । सहुलियतपूर्ण कर्जाका अन्तर्गत २ हजार ५०१ ऋणीको रु. ३ अर्ब ४८ करोड कर्जा बक्यौता रहेको छ ।

 “व्यावसायिक निरन्तरता कर्जा प्रवाह कार्यविधि, २०७७” बमोजिम कोभिड–१९ प्रभावित पर्यटन र घरेलु, साना तथा मझौला उद्यम क्षेत्रको व्यवसाय निरन्तरतामा सहयोग पुर्‍याउन ती क्षेत्रका श्रमिक तथा कर्मचारीको पारिश्रमिक भुक्तानीका लागि व्यवस्था गरिएको कर्जा ०७८ असार मसान्तसम्ममा रु.९५ करोड ६७ लाख स्वीकृत भएको उसले जनाएको  छ ।