शनिबार, आश्विन १७ गते २०८३

परोपकार महिला साकोसले पायो ‘उत्कृष्ट महिला सहकारी’सम्मान

भाद्र ४, २०७८ शुक्रबार
परोपकार महिला साकोसले पायो ‘उत्कृष्ट महिला सहकारी’सम्मान

 परोपकार महिला बचत तथा ऋण सहकारी संस्थाले ‘उत्कृष्ट महिला सहकारी’ सम्मान पाउने भएको छ । जिल्ला सहकारी संघ, दोलखाले २९ औं स्थापना दिवसको अवसरमा  संस्थालाई उत सम्मान दिने घोषना गरेको हो ।  सम्मान तथा पुरस्कार संघको १६ औं बार्षिक साधारणसभामा प्रदान गरिने संघले जनाएको छ ।

 १७५६ जना शेयर सदस्य आबद्ध रहेको संस्थामा ३६१ जना बाल बचतकर्ता  रहेका छन् ।संस्थाको कूल पूँजी १२ करोड ३४ लाख २२ हजार पुगेको छ । संस्थाले सदस्यहरूलाई बचत तथा ऋणको अलवा  सीपमूलक र आयमूलम  तालिम  दिई उनीहरुको आर्थिकस्तर उकास्न सहयोग पुन्याउदै आएको छ । सामाजिक उतरदायित्व अन्र्तगत संस्थाले समय समयमा विभिन्न कार्य गर्दै आएको छ । संस्था नेफ्सकुनबाट सञ्चालित जोखिममा आधारित साकोस सुपरिवेक्षण कार्यक्रममा सहभागी छ ।