भक्तपुरमा स्वयंसेवी रक्तदानः महिलाको भुमिका विषयक अन्तक्रिया सम्पन्न भएको छ । विश्व स्वयंसेवी रक्तदाता दिवसको उपलक्ष्यमा ब्लोदान केन्द्रको आयोजना र ब्लोदान भक्तपुरको ब्यवस्थापनमा भक्तपुर उद्योग बाणिज्य संघको महिला समितिको सहकार्यमा कार्यक्रम भएको हो ।
ब्लोदान भक्तपुरका अध्यक्ष रुकेश रन्जितको सभापतित्वमा भएको कार्यक्रमका प्रमुख अतिथि भक्तपुर उद्योग बाणिज्य संघका अध्यक्ष शिब प्रसाद मानन्धर रहेका थिए भने विशेष अतिथिमा रोशनी मैया धौबन्जार, डा. मनिता राजकर्णिकार, सूर्य कुमारी श्रेष्ठ, निता घिराइया, श्रीया बल्लका साथै ब्लोदान केन्द्रका अध्यक्ष इ.सानुबाबु प्रजापति रहेका थिए ।
कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि शिवप्रसाद मानन्धरले महिलाहरु पनि रक्तदानको क्षेत्रमा उत्तिकै अग्रसर हुनु पर्ने धारणा राखे । ब्लोदान केन्द्रका अध्यक्ष प्रजापतिले ब्लोदानको उद्देश्य लगायत विश्व रक्तदाता दिवसको बारेमा जानकारी दिएक थिए ।
अतिथि रोशनसी मैया धौबन्जाले घर परिवार, समाज र अफ्नो ब्यापार ब्यबसायमा मात्र सिमित नभएर ब्लोदानले अघि सारेको रक्तदान जस्तो सामाजिक कार्यमा सकृय हुनुपर्नेमा जोड दिइन् ।
अर्का अतिथि डा. मनिता राजकर्णिकारले रगत र रक्त तत्त्वका बारेमा जानकारी दिइन्। ब्लोदानका सल्लाहकार सूर्यकुमारी श्रेष्ठले रक्तदान, रेडक्रस र ब्लोदानको बारेमा प्रष्टयाए भने सल्लाहकार निता घिराइयाले सबै काम भ्याएर पनि समाजमा नाम उच्च राख्ने भएकोले रक्तदान गर्न प्रेरणा प्रदान गरेकी थिइन् ।