शनिबार, आश्विन १७ गते २०८३

जनउपकार साकोसका संस्थापक अध्यक्ष स्व. खड्कालाई पूर्व सञ्चालक सम्मान

भाद्र ४, २०७८ शुक्रबार
जनउपकार साकोसका संस्थापक अध्यक्ष स्व. खड्कालाई पूर्व सञ्चालक सम्मान

 

जिल्ला सहकारी संघ, दोलखाले यस पटकको पूर्व सञ्चालक सम्मान जनउपकार बचत तथा ऋण सहकारी संस्थाका संस्थापक अध्यक्ष र जिल्ला सहकारी संघका पूर्व सञ्चालक स्वः पुस्कर बहादुर खड्कालाई दिने भएको छ । 

हाल दोलखा जिल्लाको गौरीशंखर गाउँपालिका–२ मा रहेको संस्था २०५४ सालमा स्व खड्काको पहलमा स्थापना भएको थियो । स्वः खड्काको पहलमा स्थापना भएको उत संस्था ग्रामीण भेगमा सहकारीमार्फत वित्तीय पहुँच अभिवृद्धि गर्ने र स्थानीय बासिन्दाहरुले आफूसँग भएको ससानो रकम बचत गर्ने तथा आवश्यक पर्दा ऋण लिन  सहयोगी बनेको छ । 

शिक्षा क्षेत्रमा समेत क्रियाशील स्व. खड्का स्थानीय यार्सा प्राविको प्रधानाध्यापकको रुपमा लामो समय काम गरेका थिए । त्यस भेगको शैक्षिक एवं आर्थिक क्षेत्रमा परिवर्तन ल्याउन स्व. खड्काको उल्लेखनीय योगदान रहेको छ । 

एक कार्यक्रममार्फत संघका उपाध्यक्ष देवीप्रसाद शर्माले स्व. खड्कालाई उक्त पुरस्कार दिने घोषणा गरेका हुन् । 

त्यसैगरी जिल्लाको उत्कृष्ट ब्यवस्थापक आनन्ददायक बहुउद्देश्यीय सहकारी संस्थाका ताराबहादुर बस्नेत, जिल्लाको उत्कृष्ट कर्मचारी पुरुषतर्फ जनमुखी बचत तथा ऋण सहकारी संस्थाका लेखा प्रमुख नकुल घिमिरे र महिलातर्फ मिलिजुली कालिञ्चोक बचत तथा ऋण सहकारी संस्थाका लेखा सहायक ईन्दिरा दहाल उत्कृष्ट भएका छन् । 

उत्कृष्ट कारोबार गर्ने बैतेश्वर ५ मा रहेको जनसचेतन साकोस, उत्कृष्ट व्यवसाय गर्ने भिमेश्वर बहुउद्देश्यीय सहकारी संस्था भएका छन्।

त्यसैगरी उत्कृष्ट सहकारीकर्मीका रुपमा जनसचेतन बचत तथा ऋण सहकारी संस्थाका निर्वतमान अध्यक्ष, बागमती प्रदेश सहकारी संघका महासचिव भीमप्रसाद दहालाई सम्मान गर्ने भएको छ ।

संघले असली ऋण जुनतारा कृषि सहकारी संस्थालाई सम्मान गर्ने भएको छ । नियमित कारोबारतर्फ सिर्जना बचत तथा ऋण सहकारी संस्थालाई सम्मान गर्न भएको छ । सञ्चारकर्मी तर्फ रेडियो शैलुङ्गका स्टेसन म्यानेजर विनिता शिवाकोटीलाई सम्मान गर्न भएको छ ।

जिल्लाको उत्कृष्ट महिला सहकारी संस्थामा परोपकार महिला बचत तथा ऋण सहकारी संस्थालाई सम्मान गर्ने भएको छ । प्राविधिक सहयोग सयपत्री साकोसलाई प्रदान गर्ने निणर्य गरेको छ ।

सम्मान तथा पुरस्कार संघको १६ औं बार्षिक साधारणसभामा प्रदान गरिने संघले जनाएको छ ।