‘नियमित रगत तथा प्लाज्मा दान गरौं, जीवन बचाउने कार्यमा हातेमालो गरौं’ भन्ने नाराका साथ सप्ताहव्यापी विश्व रक्तदाता दिवस–२०२३ को मनाइने भएको छ ।
ब्लड डोनर्स एशोसियसन नेपाल (ब्लोदान) ले विश्व रक्तदाता दिवस–२०२३ को उपलक्षमा साताव्यापी कार्यक्रम आयोजना गर्न आफ्ना मातहतका संस्थाहरुमा आह्वान गरेको हो ।
ब्लोदानको केन्द्रिय समितिको बैठकले निम्नानुसारको कार्यक्रम तय गरेको छ । त्यस अनुसार जेठ २४ गते देखि ३१ गते सम्म रक्तदान रक्त तत्व सम्बन्धी दैनिक कार्यक्रमको तालिका सार्वजनिक भएको छ ।
२४ गते लगनखेल र २५ गते कोटेश्वरबाट जनचेतना र्याली गरिनेछ, २६ गते रगत व्यवस्थापन सम्बन्धी गोष्ठी, २७ गते रक्तदान र साइकल र्याली हुनेछ, २८ गते वक्तृत्वकला प्रतियोगिता, २९ गते रक्तदानमा महिला भूमिका विषयमा अन्तर्क्रिया र ३० गते चित्रकला प्रतियोगिता तथा रक्तदान कार्यक्रम राखिएको छ । त्यसैगरी सहयोगी संस्था एवं सहयोगदाताहरुलाइ जेठ ३१ गते समापन कार्यक्रममा सम्मानित गरिने छ ।
साताव्यापी यस कार्यक्रमलाइ सफलतापूर्वक सम्पन्न गर्न स्वंयसेवी रक्तदाता, रगत र रक्त तत्व सम्बन्धी कार्य गर्ने सबै संघसंस्थालाइ समेत ब्लोदानले आह्वान गरेको छ ।
