मिलिजुली कालिञ्चाक साकोसको संस्थापक अध्यक्ष रामदास श्रेष्ठ नेफ्स्कुनले प्रदान गर्ने संस्थापक अध्यक्ष पुरस्कारबाट सम्मानित भएका छन् । नेफ्स्कुनको ३४औं स्थापना दिवसको अवसरमा श्रेष्ठलाई संस्थापक अध्यक्ष पुरस्कार दिने घोषणा गरिएको हो ।
नेफ्स्कुनका पूर्व सञ्चालक सदस्य समेत रहेका श्रेष्ठ सहकारी क्षेत्रमा लामो समयदेखि क्रियाशील रहेका छन् । जिल्ला बचत तता ऋण सहकारी संघ दोलखाका पूर्व अध्यक्ष रहेका श्रेष्ठ हाल मिलिजुली कालिञ्चोक सहकारीका सल्लाहकार रहेका छन् ।
श्रेष्ठ २०५० साल भाद्र ७ गते स्थापना भएको मिलिजुलीको संस्थापक अध्यक्ष हुन् । जिल्ला सहकारी संघ लि. दोलखाका सल्लाहकार, सहकारी एवं सामाजिक अभियन्ताका रुपमा परिचित श्रेष्ठले दोलखामा सहकारिताको सुरुवाती चरणमा संस्था स्थापना गर्न अथक मेहनत गरेका थिए। उनको निरन्तर सकारात्मक सोच सहितको प्रयासले संस्थाको बिकास र शेयर सदस्यहरुलाई आधुनिक प्रविधि सहितको सेवा दिन संस्था सक्षम भएको उल्लेख छ ।