नेपाल बचत तथा ऋण केन्द्रिय सहकारी संघ (नेफ्स्कुन) को ३४औं स्थापना दिवसमा उत्कृष्ट कार्य गरेवापत विभिन्न १६ विधामा संघ संस्था तथा व्यक्तिहरुलाई सम्मान तथा पुरस्कार दिने घोषणा गरेको छ ।
सम्मान तथा पुरस्कार पाउनेहरुमा संस्थापक अध्यक्ष पुरस्कार महिलातर्फ निजगढ महिला साकोसकी पूर्व अध्यक्ष एवम् निजगढ नगरपालिकाकी उपमेयर लिलादेवी लामिछाने खनाल तथा नेफ्स्कूनका पूर्व सञ्चालक एवम् दोलखा जिल्ला बचत संघका पूर्व अध्यक्ष रामदास श्रेष्ठ रहेका छन्।
त्यसैगरी नेफ्स्कून सर्वोत्कृष्ट साकोसमा महिलाद्वारा सञ्चालित बागेश्वरी महिला साकोस, मकवानपुर र रुपन्देहीस्थित जनउत्थान साकोस रहेका छन् ।
नेफ्स्कून प्रदेशस्तरीय उत्कृष्ट साकोसहरुमा प्रदेश १ बाट प्रगति साकोस–दमक, प्रदेश २ बाट स्वस्तिक साकोस–सर्लाही, बागमती प्रदेशबाट शिक्षक कल्याण साकोस–दोलखा रहेका छन् ।
त्यसैगरी गण्डकी प्रदेशबाट जनसेवा साकोस, पुरुन्चौर–पोखरा, प्रदेश ५ बाट सयपत्री साकोस, नवलपरासी, कर्णाली प्रदेशबाट स्वावलम्बी साकोस –सुर्खेत र सुदुरपश्चिम प्रदेशबाट जनकल्याण साकोस, कैलाली रहेका छन् ।
हाम्रो जनकल्याण साकोस दोलखाका प्रमुख कार्यकारी अधिकृत दिपक बस्नेतले नेफ्स्कून सर्वोत्कृष्ट व्यवस्थापक पुरस्कार पाउने भएका छन् ।
प्रदेशगत उत्कृष्ट व्यवस्थापक पुरस्कार पाउनेहरुमा प्रदेश १ को श्री जनकल्याण साकोस सुनसरीका मनोज कुमार सुतियार, प्रदेश २ को नवविकास साकोस –चन्द्रपुर रौतहटका यज्ञ प्रसाद प्रसाई, बागमती प्रदेशको जनकल्याण साकोस धादिङका कृष्णकान्त मिश्र रहेका छन् ।
त्यसैगरी गण्डकी प्रदेशको गैडाकोट स्वाभिमान साकोस–नवलपरासीका रामचन्द्र सुवेदी, लुम्बिनी प्रदेशको ग्रामीण साकोस बर्दघाट नवलपरासीका अनन्त पाण्डे, कर्णाली प्रदेशको पिपलबोट साकोस सुर्खेतका रमेश जैशी र सुदुरपश्चिम प्रदेशको जिवनज्योति साकोस बैतडीका टेकराज लेखक रहेका छन् ।
नेफ्स्कून अग्रज व्यक्तित्व सम्मान महिलातर्फ संघको निवर्तमान सञ्चालक चन्द्र कुमारी खड्का, झापा र पुरुषतर्फ नेफ्स्कूनका पूर्व सञ्चालक नारायण घिमिरे, काठमाडौं घोषित भएका छन् ।
कञ्चनपुर जिल्ला बचत तथा ऋण सहकारी संघ उत्कृष्ट जिल्ला सहकारी संघख सर्वोत्कृष्ट संघ घोषित भएको छ । त्यसैगरी नेपाल राष्ट्र बैंकका उपनिर्देशक डा। रमेश चौलागाई नेफ्स्कून विद्धता पुरस्कार पाउने भएका छन् ।
त्यसैगरी नेफ्स्कून पत्रकारिता पुरस्कारतर्फ गोरखापत्र दैनिकका सम्वाददाता लक्ष्मण दर्नाल पुरस्कृत घोषित भएका छन् भने नेफ्स्कून सर्वोत्कृष्ट कर्मचारीतर्फ लेखा अधिकृत मनकेशरी महर्जन र सहायक कर्मचारी चिरन खत्री पुरस्कृत घोषित भएका हुन् । त्यसैगरी फिल्ड कार्यालय अन्तर्गत जनकपुर, बनेपा र सुनसरी उत्कृष्ट फिल्ड कार्यालय घोषित भएका छन ।
त्यसैगरी नेफ्स्कून प्रशंसा पुरस्कारतर्फ उत्कृष्ट नेकोस प्लस सफ्टवयर प्रयोगकर्तामा दोलखाको जिरीस्थित एकीकृत फ्रेण्डसिप साकोस र उत्कृष्ट बचतकर्तामा नवलपुरस्थित विकु साकोस पुरस्कृत हुने भएका छन् ।
उत्कृष्ट शेयर खरिदकर्तामा पोखरास्थित प्राइम साकोस र उत्कृष्ट लघुवित्तमा पाल्पास्थित अन्धकार मुक्ति साकोस पुरस्कृत घोषित भएका हुन् ।
सामाजिक उत्तरदायित्व बहन (प्रशंसा) पुरस्कार तर्फ विन्धबासिनी साकोस काभ्रे र महामारीमा उत्कृष्ट सेवा प्रदान गर्ने संस्थामा काठमाडौं थानकोटस्थित चन्द्रागिरी साकोस पुरस्कृत घोषित भएका हुन् । रुपन्देहीको सबैको साकोस, एकीकरण अभियानमा उत्कृष्ट छनोट भएको छ ।