बुधबार, भाद्र ३ गते २०८३

विन्धबासिनी र चन्द्रागिरि साकोसले पाए सामाजिक उत्तरदायित्व बहन सम्मान

श्रावण ३२, २०७८ सोमबार
विन्धबासिनी र चन्द्रागिरि साकोसले पाए सामाजिक उत्तरदायित्व बहन सम्मान

 

नेफ्स्कुलने कोभिड १९ महामारीका बीचमा सदस्यहरुलाई उत्कृष्ट सेवा प्रदान गरेको भन्दै काभ्रेको बिन्धबासिनी साकोस र काठमाण्डौको चन्द्रागिरि साकोसलाई सम्मान गरेको छ । 

नेफ्स्कुन स्थापना दिवसको अवसरमा ती दुई संस्थालाई महामारीमा उत्कृष्ट सेवा प्रदान गरे वापतको सम्मान दिने घोषणा गरिको हो । बिन्धबासिनीले कोभिड महामारीमा २० जना सदस्यलाई अक्सिजन वितरण, कोभिड १९ सहुलियत ऋण र कोभिड संक्रमितलाई संस्थाले दिँदै आएको स्वास्थ्य उपचार राहतमा थप ५० प्रतिशत सहुलियत दिएको भन्दै नेफ्स्कुनले सम्मान गरेको हो । 

त्यसैगरी चन्द्रागिरि साकोसले कोभिड उपचारका लागि भर्ना भएका सदस्यहरुलाई अस्पतालमा नै गएर २५ हजारसम्म भुक्तानी, २ हजार सदस्यको कोरोना बीमा, बसभाडा ४० प्रतिशत छुटको व्यवस्था, महामारी अवधिभर ब्याज तथा हर्जानामा १५ प्रतिशत छुट, सदस्यहरुलाई खर्चमा मितव्ययिता अपनाउन ५० उपायसहितको वित्तीय साक्षरता जागरण जस्ता योजना कार्यान्वयन गरेबापत उक्त सम्मान दिइएको हो । 

संस्थाको कार्यालयबाटै सवारी साधनको कर भुक्तानी सेवा, घरबाटै मोबाइल बैंकिङ र रेमिट्यान्स सेवा, कियोस्क मेशिनमार्फत ससाना बचत गर्न सकिने र महामारीमा अपील भएका क्षेत्रमा आर्थिक सहयोग समेत चन्द्रागिरिले गरेको थियो ।