अर्थमन्त्री जनार्दन शर्माले सहकारी संस्थाहरुलाई उत्पादनमूलक क्षेत्रमा लगानी वृद्धि गरी गरिबी न्यूनिकरणमा भूमिका खेल्न आग्रह गरेका छन् ।
नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून) को ३४ औं स्थापना दिवसको अवसमा आयोजिक कार्यक्रममा अर्थमन्त्री शर्माले सहकारीको लगानी उत्पादन मुलक क्षेत्रमा, गरिबी निवारण र राष्ट्र निमार्णमा हुनुपर्नेमा जोड दिए ।
‘कम्तीमा ६० प्रतिशत लगानी उत्पादनमुलक क्षेत्रमा गर्नुहोस्’, उनले भने ,‘गरिबी निवारणमा सहकारीको भूमिका हुनुपर्छ । यस्ता क्षेत्रमा सहकारीको लगानी हुनुपर्छ । यदि उत्पादनमुलक क्षेत्रमा लगानी गर्न नसक्ने सहकारीको काम छैन ।’
बचत तथा ऋण सहकारीहरुले घर जग्गा वा अन्य यस्तै अनुत्पादक क्षेत्रमा लगानी गरिरहेको आफूले सुनेको भन्दै मन्त्री शर्माले सोधे “तपाईहरुको लगानी केमा केन्द्रित छ ? घर जग्गा वा गाडी खरिदमा हो भने त्यसको कुनै अर्थ छैन ।” उपभोगमुखी अर्थतन्त्रलाई उत्पादनमुखी अर्थतन्त्रमा बदल्ने योजना आफूले बनाएको भन्दै मन्त्री शर्माले त्यसमा सहयोग गर्न सहकारीहरुहरुलाई आग्रह गरे ।
सिभिल लगायतका बचतकर्ता सडकमा रोएर हिँडेको भन्दै समस्याग्रस्त सहकारीको समस्या समाधान गर्न केन्द्रिय संघहरुले भूमिका निर्वाह गर्नुपर्नेमा उनको जोड थियो ।