शनिबार, आश्विन १७ गते २०८३

उपेन्द्र यादवकाे अग्रता कायमै, कुशवाहाभन्दा ४ हजार ८१३ मतले अगाडि


बैशाख १२, २०८० मंगलबार
उपेन्द्र यादवकाे अग्रता कायमै,  कुशवाहाभन्दा ४ हजार ८१३ मतले अगाडि

बारा । बारा जिल्लाकाे क्षेत्र नम्बर २ मा प्रतिनिधि सभा सदस्यको उपनिर्बाचनका लागि जनता समाजवादी पार्टीका उम्मेदवार उपेन्द्र यादवले आफ्नो अग्रता कायमै राखेका छन्।

अहिले मंगलबार दिउँसो २ बजेसम्मको मत परिणाम अनुसार उनले १५ हजार १८३ मत प्राप्त गरिसकेका छन्। उनका प्रतिस्पर्धी जनमत पार्टीका शिवचन्द्र कुशवाहाले भने १० हजार ३७० मत प्राप्त गरेका छन्। यादव कुशवाहाभन्दा ४ हजार ८१३ मतले अगाडि रहेका छन्।

मत गणनामा तेस्रो स्थानमा नेकपा एमालेका पुरूषोत्तम पौडेल छन्। उनले ५ हजार २७ मत प्राप्त गरेका छन्। राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रमेश खरेलले भने २ हजार ९५ मत प्राप्त गरेका छन्। मतगणना जारी छ।