शनिबार, आश्विन १७ गते २०८३

सुडानमा सेना र अर्धसैनिकबलबीच भिषण संघर्ष : उद्दारमा  साऊदी अरब सक्रिय 


बैशाख १२, २०८० मंगलबार
सुडानमा सेना र अर्धसैनिकबलबीच भिषण संघर्ष : उद्दारमा  साऊदी अरब सक्रिय 

shahbaz.jpg
शहबाज खान


यतिबेला सुडानमा सेना र अर्थसैनिक बलका बीच अभूतपूर्ब र भीषण संघर्ष चलिरहेको छ । यो गृह युद्धको कारण त्यहाँको अबस्था एकदमै सकस र संकटपूर्ण भइरहेकै छ । यस्तो स्थितिमा त्यहाँ नेपाल लगायत बिदेशका हजारौ हजार मानिसहरु फँसेका छन् र तिनको सुरक्षित स्वदेश निकास आजको एउटा समस्या बनिरहेको छ ।

यसै बीच साऊदी अरबले सुडानबाट आफ्ना नागरिक र बिदेशी नागरिकहरुलाई पनि उद्धार गरिरहेको छ । सुडानमा  दुइ प्रतिद्वन्द्वी सेनाका बीच तीब्र संघर्ष चलेको  एक सता पछि साऊदी अरबले सुडानमा अलपत्र परेका नागरिकहरुलाई उद्धार गर्ने पहिलो देश बनेको छ । साऊदी अरबको परराष्ट्र मन्त्रालयले साऊदी नागरिकसँगसँगै ‘मित्र राष्ट्रहरुका  धेरै नागरिकहरु’लाई पनि उद्धार गरेको बताइएको छ । 

saudiarab2.jpg

रोयल साऊदी नौसेना बल(आरएसएनएफ) ले गएको शनिवार सुडानबाट आफ्ना र अन्य देशका नागरिहरु, कूटनीतिज्ञ र अन्तर्राष्ट्रिय अधिकारीहरुका लागि उद्धार अपरेशन  गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार कुवेत, कतार, यूएई, इजिप्ट, ट्यूनिशिया, पाकिस्तान, भारत, बुल्गेरिया, फिलिपिन्स, क्यानाडा, बंगलादेश र बुर्किनो फासोका ६६ जनालाई उद्धार गरेको छ भने त्यस बाहेक साऊदी नागरिकहरु ९१ जना रहेको बताइएको छ । मन्त्रालयका अनुसार  साऊदीको जेद्दाहमा सबै साऊदी नागरिक र अन्य देशका नागरिहरु सकुशल आइपुगेका छन् । यसका साथै बिदेशी नागरिहरुकलाई आफ्नो देश पठाउन साऊदी अरबले सबै आवश्यक कुरा  उपलब्ध गराउने काम गरेको छ । एजेन्सी