शनिबार, आश्विन १७ गते २०८३

सत्तारुढ गठबन्धनको न्यूनतम साझा कार्यक्रम आउँदै, विदेशमा रहेका नागरिकलाई मतदान अधिकार दिने

श्रावण २२, २०७८ शुक्रबार
सत्तारुढ गठबन्धनको न्यूनतम साझा कार्यक्रम आउँदै, विदेशमा रहेका नागरिकलाई मतदान अधिकार दिने

 

सत्तारुढ गठबन्धनमा रहेका दलहरूले न्यूनतम साझा कार्यक्रमका ल्याउने गृहकार्य गरिरकेका छन् ।  

काँग्रेस महामन्त्री पूर्णवहादुर खड्का नेतृत्वको कार्यदलले तयार पारेकाे दस्तावेज आज गठबन्धन दलका शीर्ष नेतृत्वलाई साझा कार्यक्रम बुझाउने तयारी रहेको छ ।  सरकारको न्यूनतम साझा कार्यक्रममा स्थानीय तहलाई प्रदेशको क्षेत्राधिकारभित्र ल्याउन आवश्यक कार्य गर्ने र विदेशमा रहेका नेपालीहरुलाई पनि मतदानको अधिकार दिलाउने विषय पनि समेटिएको जनाइएकाे छ ।

गठबन्धन सरकारका प्राथमिकतामा कोभिड महामारीबाट उत्पन्न मानवीय संकटको समाधान गर्ने, शान्तिप्रक्रियाका बाँकी काम टुंगो लगाउने, राजनीतिक दलहरुबीच सहमतिमा संविधान संशोधनका लागि पहल गर्ने र संघीयता कार्यन्वयन जस्ता विषय रहेका छन् । ।

मस्यौदा कार्यदलमा कांग्रेसबाट महामन्त्री खड्कासहित रमेश लेखक र मिनेन्द्र रिजाल छन् भने माओवादीबाट देव गुरुङ र वर्षमान पुन तथा जसपाबाट महिन्द्र राय यादव र राजेन्द्र श्रेष्ठ छन् ।